प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक

राजविराज राजविराज
|
मंगलबार, माघ २०, २०७७
|
|
१०३ पटक हेरिएको
Shares
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक

सारांश

  •     नीति तथा योजना आयोगले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरेको एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले पहिलो आवधिक योजना र नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स टू सार्वजनिक गरेका हुन् ।
  •       दुबै पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा अगामी पाँच वर्ष भित्र गर्नु पर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरुको विस्तृत विवरण समेटिएकोले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण सहज बनाउने बताए ।
  •       पछिल्लो ३ वर्षमा जनताको आधारभूत आवश्यकता रहेको विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले अवको दिनमा गौरबको योजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढने उनको भनाई थियो ।

दैनिक समाचारदाता
जनकपुरधाम, २० माघ ।
    प्रदेश २ सरकारको प्रदेश नीति तथा योजना आयोगले पहिलो आवधिक योजना पुस्तक मंगलबार सार्वजनिक गरेको छ । 
    नीति तथा योजना आयोगले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरेको एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले पहिलो आवधिक योजना र नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स टू सार्वजनिक गरेका हुन् । 
    दुबै पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा अगामी पाँच वर्ष भित्र गर्नु पर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरुको विस्तृत विवरण समेटिएकोले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण सहज बनाउने बताए । 
    पछिल्लो ३ वर्षमा जनताको आधारभूत आवश्यकता रहेको विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले अवको दिनमा गौरबको योजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढने उनको भनाई थियो । 
    कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशको गौरबकै यौजनाको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेको उल्लेख गर्नु हुँदै यसले प्रदेशको समग्र स्वास्थ्य क्षेत्रमा माइल स्टोन सावित हुने विश्वास व्यक्त गरे । 
    त्यस्तै प्रदेशको शैक्षिक सुधारका लागि संघीय नीति बाधक रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले हाललाई विश्वविद्यालय मात्र प्रदेश सरकारको मातहतमा रहेको हुँदा प्रदेशमा कृषि र प्रादेशिक विश्वविद्यालय स्थापनाको तैयारी समेत अघि बढाई सकेको जानकारी पनि दिए । 
    नीति आयोगमा पदाधिकारीहरु नियुक्त हुन नसकेको अवस्थामा समेत आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितको टिमले गर्दै आएको कामको प्रशंसा समेत उनले गरे । 
    कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आवधिक योजना सार्वजनिक गरेको आयोग अब प्रदेशको प्रोजेक्ट बैंक निर्माणको कार्यलाई अघि बढाई सकेको र प्रदेशको गौरबको योजनाहरु समेटेर केही महिना भित्रै प्रोजेक्ट बैंक समेत सार्वजनिक गर्ने बताए । कार्यक्रममा प्रमुख सचिव गोकर्णमणि दुबाडी, कानून सचिव टिकाराम पाण्डे सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
भारत्तोलनका खेलाडीहरुको विदाई
भारत्तोलनका खेलाडीहरुको विदाई
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
विद्यालयमा अजिङ्गर फेला 
विद्यालयमा अजिङ्गर फेला 
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि