अतिरिक्त हुलाक ऐन खारेज गर्नु  पर्छ ः प्रदेश कृषि मन्त्री साह

राजविराज राजविराज
|
आइतबार, पौष ८, २०७५
|
|
६३ पटक हेरिएको
Shares
अतिरिक्त हुलाक ऐन खारेज गर्नु  पर्छ ः प्रदेश कृषि मन्त्री साह

सारांश

  •     भेलामा ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले अतिरिक्त हुलाकको कर्मचारीले निजामती कर्मचारी सरह सेवा सुविधा पाउनु पर्नेमा जोड दिए ।
  •     उक्त भेलामा नेपाल पत्रकार महासंघ उपाध्यक्ष सुधा देवले समय परिस्थिति अनुसार हरेक कुरा संशोधन हुँदै जानूपर्नेमा जोड दिईन् ।
  •       भेलामा अतिरिक्त हुलाकका महेश्वर माझीले २०७२ सालको नियावली अनुसार भेदभाव नगर्न १४ बुँदे माँग सहित २०७४ साल चैत ११ गते ज्ञापनपत्र बुझाउदा सरकारले सुनुवाइ नगरेपछि २०७५साल बैशाख ५गते १५ बुँदे माँग राखि ज्ञापनपत्र बुझाएपनि ज्ञापन पत्रलाई टोकरीमा फालेर सरकारले कुनै सुनुवाइ नगरेपछि यो बेला आयोजना गर्न बाध्य भएको बताए ।

    राजविराज÷प्रदेश २ का भूमी, सहकारी तथा कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले अतिरिक्त हुलाक ऐन खारेज गर्नु पर्ने बताएका छन् । 
    नेपाल अतिरिक्त हुलाक कर्मचारी राष्ट्रिय भेलाको शनिबार राजविराजमा उद्घाटन गर्दै मन्त्री साहले ४ दशक भन्दा अगाडि बनेको २०३४ को ऐन अहिले सम्म लागू गरेर अतिरिक्त हुलाकका कर्मचारीलाई विभेद गरिरहेको आरोप लगाए । सरकारले तत्काल सो ऐन संशोधन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक रहेको बताए । 
    अतिरिक्त हुलाकका कर्मचारीको तलव सुविधा समेत न्यून रहेकोले उनीहरूले आफ्ना परिवारलाई उचित गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्य समेत दिन नसकेको दुखेसो पोखे ।
    भेलामा ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले अतिरिक्त हुलाकको कर्मचारीले निजामती कर्मचारी सरह सेवा सुविधा पाउनु पर्नेमा जोड दिए ।
    उक्त भेलामा नेपाल पत्रकार महासंघ उपाध्यक्ष सुधा देवले समय परिस्थिति अनुसार हरेक कुरा संशोधन हुँदै जानूपर्नेमा जोड दिईन् । 
    भेलामा अतिरिक्त हुलाकका महेश्वर माझीले २०७२ सालको नियावली अनुसार भेदभाव नगर्न १४ बुँदे माँग सहित २०७४ साल चैत ११ गते ज्ञापनपत्र बुझाउदा सरकारले सुनुवाइ नगरेपछि २०७५साल बैशाख ५गते १५ बुँदे माँग राखि ज्ञापनपत्र बुझाएपनि ज्ञापन पत्रलाई टोकरीमा फालेर सरकारले कुनै सुनुवाइ नगरेपछि यो बेला आयोजना गर्न बाध्य भएको बताए ।
    भेलामा ७७ जिल्लाकै अतिरिक्त हुलाकका कर्मचारी, जिल्ला अध्यक्ष, प्रदेश संयोजक लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा अतिरिक्त हुलाक कार्यालय रूपनगरमा कार्यरत ७५ बर्षिया ज्येष्ठ नागरिक सीता देवी पोखरेल तथा अतिरिक्त हुलाक कार्यालय तिलाठीका दयाकान्त झालाई सम्मान गरिएको थियोे ।
    अतिरिक्त हुलाक कार्यालय प्रदेश नं २ का संयोजक देवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय हुलाक र्काालयका निमित्त प्रमुख आशा कुमारी साही, कार्यालयका छेदी मंडल, प्रदेश नं १ का संयोजक महेश झा, प्रदेश नं २ का अध्यक्ष डम्बर चौधरी, प्रदेश नं ६ का तिर्थ काईराला, शुभद्रा मण्डल, कंचनरूप हुलाक कार्यालयका पुण्यप्रसाद अधिकारी, सप्तरी हुलाक कार्यालयका पुर्व अध्यक्ष अयुव राईन लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन
प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण