अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ३, २०७७
|
|
७९ पटक हेरिएको
Shares
अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि

सारांश

  •     नेपाली काँग्रेस सप्तरीद्वारा सोमबार सदरमुकाम राजविराजमा प्रतिनिधिसभा विघटन बिरुद्ध आयोजित बिरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       बिरोधसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका उपसभापति निधीले संसद् पुनस्र्थापना हुने वा नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई आफुहरुलाई मान्य हुने बताए ।
  •       उनले पाँच वर्षका लागि निर्वाचित सरकारले तीन वर्षमै प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्रीले सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, ३ फागुन । 
    नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले सर्वोच्च अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने बताएका छन् । 
    नेपाली काँग्रेस सप्तरीद्वारा सोमबार सदरमुकाम राजविराजमा प्रतिनिधिसभा विघटन बिरुद्ध आयोजित बिरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    बिरोधसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका उपसभापति निधीले संसद् पुनस्र्थापना हुने वा नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई आफुहरुलाई मान्य हुने बताए । 
    उनले पाँच वर्षका लागि निर्वाचित सरकारले तीन वर्षमै प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्रीले सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाए । 
    मधेश लगायत सिंगै मुलुकको हीतका लागि नेपाली काँग्रेसको विकल्प नरहेको दाबीका साथ नेता निधीले मधेश बिना देश हुँदैन भन्ने काँग्रेस बिना मधेशको कल्याण पनि सम्भव नरहेको उल्लेख गर्दै काँडाको बिरुवा रोप्दा आँप नफल्ने जस्तै कम्युनिष्टलाई जिताएर जनताको पनि कल्याण नहुनुे प्रमाणित भइसकेको बताए । 
    उनले गणतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस सदैब त्यसकै पक्षमा रहेको बताउदै मधेस र देश बिकास गर्नको लागि काँग्रेस नेतृत्व आवश्यक रहेको औल्याए । 
    कम्युनिष्टलाई बहुमतका साथ जिताउँदा मुलुक र जनताले भोग्नु परेको संकटबाट पाठ सिक्न जरुरी रहेको उनको भनाई थियो । गाडी राम्रो भएपनि चालक कुशल नभए दुर्घटनाको जोखिम बढ्ने बताउँदै मुलुक संचालनमा प्रधानमन्त्री त्यस्तै अनाडी चालक भएका कारण सिंगो मुलुकमा राजनीतिक दुर्घटनाको जोखिम बढेको उनले आरोप लगाए । 
    कार्यक्रममा नेकपा, जसपा, राप्रपा लगायत पार्टी परित्याग गरि पाँच सय भन्दा बढी स्थानिय नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई फुलमाला र अबिर लगाई प्रमुख अतिथि निधिले स्वागत गरेका थिए । 
    सभाअघि गाउँ गाउँबाट हजारौंको संख्यामा आएका सहभागि नाचगान तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । 
    बजार परिक्रमा पश्चात् राजरंगशालामा काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतमा आयोजित बिरोध सभालाई पूर्वमन्त्री रामकुमार चौधरी हेमराज तातेड, रमणीराम, प्रदेशसभा सदस्यद्वय समिम अन्सारी, गिता यादव, पूर्वसासंद सुबोध पोखरेल, ट्रेड युनियनका अध्यक्ष मनोज मण्डल, मुश्लिम संघका अध्यक्ष फत्तेह मोहम्मद, महासमिति सदस्य बिरबल बिराजी, क्षेत्रीय सभापति किरण भगत, भगवती यादव, महानन्द यादव, बद्रि महात्मान, रामप्रसाद मंडल लगायतले पनि आन्दोलनबाटै प्रतिगमनकारी कदम सच्याउन वर्तमान केपी ओलीको सरकारलाई बाधय पार्ने चेतावनी दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी
राजविराज नगर हाक्दै महिला उपमेयर परवीन
राजविराज नगर हाक्दै महिला उपमेयर परवीन
साह सेवा सदनमा दुर्गा साहको प्यानल बिजयी
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह