विद्यार्थी र अभिभावकको दबाबमा सरस्वती पूजा सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ४, २०७७
|
|
७८ पटक हेरिएको
Shares
विद्यार्थी र अभिभावकको दबाबमा सरस्वती पूजा सम्पन्न

सारांश

  •     सरस्वतीको पूजा नगरे विद्यालयमै तालाबन्दी गरिदिने विद्यार्थी र अभिभावकले तयारी गरेपछि विद्यालयका प्रधानाध्यापक शंकर यादवले ढिलै भएपनि पूजा गर्ने तयारी गरेका थिए ।
  •       विद्यार्थी र अभिभावकसँगै वडा अध्यक्ष मो.
  • अख्तर बाबाको समेत बिरोध आएपछि सरस्वतीको मूर्ती ल्याएर प्रअ यादवले पूजाको ब्यवस्था मिलाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
    राजविराज वडा नं. ४ स्थित आधारभुत विद्यालय केन्द्र नं. ६ मा मंगलबार बिहान १० बजेसम्म पनि सरस्वती पूजा गर्ने छाटकाट नदेखेपछि उक्त विद्यालयका विद्यार्थी र अभिभावकले नाराबाजी गर्दै बिरोधमा उत्रेपछि सरस्वती पुजा गरिएको छ । 
    सरस्वतीको पूजा नगरे विद्यालयमै तालाबन्दी गरिदिने विद्यार्थी र अभिभावकले तयारी गरेपछि विद्यालयका प्रधानाध्यापक शंकर यादवले ढिलै भएपनि पूजा गर्ने तयारी गरेका थिए । 
    विद्यार्थी र अभिभावकसँगै वडा अध्यक्ष मो. अख्तर बाबाको समेत बिरोध आएपछि सरस्वतीको मूर्ती ल्याएर प्रअ यादवले पूजाको ब्यवस्था मिलाएका थिए । 
    स्थानिय अभिभावक बसन्त साहले विद्यार्थीको आस्थाप्रति खेलवाड गर्ने प्रअ यादवमाथी कारवाहीको माँग गरेका छन् भने वडा अध्यक्ष अख्तर बाबाले विद्यार्थीको आस्थासँग जोडिएको विषयमा लापरवाही गर्ने प्रअ यादवमाथी कारवाहीका लागि नगरपालिका र मातहातका शिक्षा शाखामा पत्राचार गरिने बताएका छन् । 
    यता कोरोनाको संक्रमणका कारण यसपल्ट पूजा नगर्ने प्रअ यादवको भनाई थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
विभिन्न दल आफ्नो पक्षमा मत पार्न अन्तिम चरणको प्रचारमा
विभिन्न दल आफ्नो पक्षमा मत पार्न अन्तिम चरणको प्रचारमा
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
सार्वजनिक ढुवानी सेवा ठप्प भएपछि  विभिन्न सामानको मुल्य दोब्बर
शौचालयमा बन्दी मृत फेला 
शौचालयमा बन्दी मृत फेला 
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए