सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १०, २०७७
|
|
२० पटक हेरिएको
Shares
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री

सारांश

  •     जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन कक्षद्वारा आयोजित एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो दिन १४ जनालाई राष्ट्रिय परिचय पत्र प्रदान गरेका छन् ।
  •     सो अवसरमा प्रजिअ आचार्यले सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ साल असार १ गतेदेखी प्रारम्भ भएको जानकारी दिए ।
  •       कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखी २०७७ भदौंसम्म स्थगित भएको काम पुन: २०७७ असोजदेखी अघि बढाइएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १० फागुन । 
    सप्तरीमा सोमबारदेखी राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु भएको छ । जिल्लामा सोमबारसम्ममा राष्ट्रिय परिचयपत्र अभियानका लागि २७ हजार ८ सय ६६ जनाको डाटा इन्ट्री भइसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
    जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन कक्षद्वारा आयोजित एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो दिन १४ जनालाई राष्ट्रिय परिचय पत्र प्रदान गरेका छन् ।
    सो अवसरमा प्रजिअ आचार्यले सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ साल असार १ गतेदेखी प्रारम्भ भएको जानकारी दिए । 
    कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखी २०७७ भदौंसम्म स्थगित भएको काम पुन: २०७७ असोजदेखी अघि बढाइएको उनले बताए ।
    हाल परिचय पत्र बनाउने कामलाई तिब्र बनाइएको जानकारी दिँदै प्रजिअ आचार्यले जिल्लाको बलान बिहुल गाउँपालिकाको सबै ६ वडामा १६ र बोदेबरसाइन नगरपालिकाको सबै १० वटा वडामा ३७ वटा राष्ट्रिय परिचयपत्र ब्यवस्थापन कक्षमा खटेको टोलीमार्फत नागरिकको विवरण संकलन र दर्ता कार्य भइरहेको जानकारी समेत दिए । 
    हरेक नेपालीको जैविक तथा बैयत्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गर्ने उद्देश्यले नेपाल सरकारले सो कार्य सुरु गरेको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ