हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २३, २०७७
|
|
४४ पटक हेरिएको
Shares
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक

सारांश

  •     प्रहरीले १७ वर्षअघि हत्या घटना, नौं महिना अघि जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त तथा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।
  •       आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न अभियोगका चार जना अभियुक्तहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ । 
    प्रहरीले १७ वर्षअघि हत्या घटना, नौं महिना अघि जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त तथा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । 
    आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बि.स.२०६० साल पुस ८ गते छिमेकी सुक्रुत सदाको छुरा प्रहरी गरि हत्या गरेर फरार रहेका सप्तरीको महदेवा गाउँपालिका ४ लोहजारा निवासी देवनारायण मण्डललाई घरमै लुकी बसेको अवस्थामा शनिबार साँझ पक्राउ गरिएको जानकारी दिएका छन् । 
    पक्राउ परेका मण्डल फुपुलाई ललाई फकाई लिई भागेको आक्रोसमा सदाको घरमै पुगेर खुकुरी प्रहार गरि हत्या गरेर फरार भएका थिए । गोप्य सूचनाको आधारमा घरमै लुकिबसेको अवस्थामा मण्डललाई पक्राउ गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । 
बलात्कार गरि फरार रहेका पक्राउ

    गत जेठ २६ गते गाउँकै एक १५ वर्षिया किशोरीलाई बलात्कार गरि फरार रहेका विष्णुपुर गाउँपालिका ५ का ३५ वर्षिय मो. रहमुललाई प्रहरीले पक्राउ गरि आइतबारै सार्वजनिक गरेको छ । 
    घरमै लुकिबसेको अवस्थामा आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले रहमुललाई पक्राउ गरेको हो । 
    जबरजस्तीकरणीबाट ती पीडित यूवतीमा गर्भसमेत बस्न गएको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए । 
पेस्तोलसहित दुई पक्राउ

    आयोजित पत्रकार सम्मेलनमा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको छ । 
पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ७ का २० वर्षिय महेश कुमार शर्मा र १९ वर्षिय प्रमोद साह छन् । 
    राजविराज ६ स्थित सखडा सडक खण्डमा शनिबार साँझ चेकजाँचका क्रममा स.७प. ९६७० नम्बरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने दुई थान गोली बरामद गरेको छ । 
    पक्राउ परेका शर्मा ३ वर्ष अघि पनि एक थान कटुवा पेस्तोल र ३ थान गोलीसहित पक्राउ परेका थिए । हातहथियार खरखजाना मुद्दामा एक वर्ष कैद भुक्तान गरि हालै रिहा भएका उनी फेरी त्यस्तै प्रकृतीका मुद्दामा पक्राउ परेका हुन् । 
    पक्राउ परेका मध्ये फरार अभियुक्त दुई जनालाई आइतबारै अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको छ भने कटुवा बन्दुकसहित पक्राउ परेका दुई जनालाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 
रोजगारीका लागि मलेशिया गएका सप्तरीका पुनः एक युवकको मृत्यु, मलेशियामै डेढ महिनामा सप्तरीकै तीन युवकको ज्यान गयो 
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास
डाका मुद्दाका मुख्य अभियुक्त कारागार  चलान, दुई जना धरौटीमा रिहा
डाका मुद्दाका मुख्य अभियुक्त कारागार  चलान, दुई जना धरौटीमा रिहा
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ 
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?