दलित जनजागरण अभियान सञ्चालन हुने  

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २८, २०७७
|
|
३३ पटक हेरिएको
Shares
दलित जनजागरण अभियान सञ्चालन हुने  

सारांश

  •     विहिबार भारदहमा आयोजित पत्रकार सम्मेलन मार्फत अखिल मधेशी दलित अभियान सप्तरीका संयोजक देवलाल खंगले दस्तावेज सार्वजनीकिकरण कार्यक्रममा सो कुरा बताएका हुन् ।
  •       मधेशी दलितहरुको वर्तमान समयमा शोषण, उत्पीडन, दमन तथा राजनैतिक बहिष्करणको सिकार हुदै आएकोले संवैदनशील अवस्थालाई चिरफार गर्न र मधेशी दलितहरुको अधिकार प्रप्तिको निम्ति निरन्तर शान्तिपूर्ण युद्ध मैदानमा सहभागी गराउन अखिल मधेशी दलित जनजागरण अभियानको शुरुवात गर्ने संयोजक खंगले बताए ।
  •       पत्रकार सम्मेलनमा संयोजक खंगले संगठनले अखिल मधेसी दलित (जन जागरण) सभा भनिने राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक आकांक्षा पूरा गर्ने परिकल्पना गरेका बताए ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
    अखिल मधेशी दलित अभियान सप्तरीले दलित जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । 
    विहिबार भारदहमा आयोजित पत्रकार सम्मेलन मार्फत अखिल मधेशी दलित अभियान सप्तरीका संयोजक देवलाल खंगले दस्तावेज सार्वजनीकिकरण कार्यक्रममा सो कुरा बताएका हुन् । 
    मधेशी दलितहरुको वर्तमान समयमा शोषण, उत्पीडन, दमन तथा राजनैतिक बहिष्करणको सिकार हुदै आएकोले संवैदनशील अवस्थालाई चिरफार गर्न र मधेशी दलितहरुको अधिकार प्रप्तिको निम्ति निरन्तर शान्तिपूर्ण युद्ध मैदानमा सहभागी गराउन अखिल मधेशी दलित जनजागरण अभियानको शुरुवात गर्ने संयोजक खंगले बताए । 
    पत्रकार सम्मेलनमा संयोजक खंगले संगठनले अखिल मधेसी दलित (जन जागरण) सभा भनिने राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक आकांक्षा पूरा गर्ने परिकल्पना गरेका बताए । 
    उक्त पत्रकार सम्मेलनमा राज्यको हरेक अंगमा मधेसी दलितको लागि राजनीतिक सहभागिता जनसंख्याको आधारमा सुनिश्चित गर्ने र रोटी, लुगाफाटा र आवाश मधेशी दलितहरूको लागि उपलब्ध गराउपर्ने भन्दै २१ बुदैं माग प्रस्तुत गरेको थियो । 
    उक्त पत्रकार सम्मेलनमा अभियानका सदस्यद्धय निरज कुमार रजक र मधु कुमारी मण्डल समेतको उपस्थिती रहेका थिए ।   
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि 
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि 
जनमत पार्टीले कार्यालय प्रमुखलाई  दल्यो कालोमोसो र हिलो
जनमत पार्टीले कार्यालय प्रमुखलाई  दल्यो कालोमोसो र हिलो
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते