गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव

राजविराज राजविराज
|
आइतबार, आषाढ २०, २०७८
|
|
७४ पटक हेरिएको
Shares
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव

सारांश

  •     सभामुख यादवले भने, “स्थानीय तहका प्रमुखहरु जनसेवक बन्न नसके पनि उनीहरु आफूलाई राजा भन्दा कम ठान्ने गरेका छैनन् ।
  • ”     सप्तरी जिल्ला सभालाई आईतबार राजविराजमा सम्बोधन गर्दै सभामुख यादवले भने, “संघीयता अनुसार हाल काम भइरहेको छैन, जसकारण जनता खुशी छैनन् ।
  • ”      हाल जनताको पक्षमा काम नभइरहेको मात्र आफ्नो मान्छे भन्दै बजेट दिने र जसरी पनि सिध्याउने कार्य हावी भएको आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, २० असार । 
    प्रदेश २ का सभामुख सरोजकुमार यादवले संघीयता आएपछि गाउँ–गाउँमा सिंहदरबारको साटो राजदरबार खडा भएको आरोप लगाएका छन् ।
    सभामुख यादवले भने, “स्थानीय तहका प्रमुखहरु जनसेवक बन्न नसके पनि उनीहरु आफूलाई राजा भन्दा कम ठान्ने गरेका छैनन् ।”
    सप्तरी जिल्ला सभालाई आईतबार राजविराजमा सम्बोधन गर्दै सभामुख यादवले भने, “संघीयता अनुसार हाल काम भइरहेको छैन, जसकारण जनता खुशी छैनन् ।” 
    हाल जनताको पक्षमा काम नभइरहेको मात्र आफ्नो मान्छे भन्दै बजेट दिने र जसरी पनि सिध्याउने कार्य हावी भएको आरोप लगाए ।
    सभामुख यादवले जनताको प्रतिनिधी बनेर केन्द्रमा र प्रदेशमा गएका सांसदहरु जिल्ला सभामा उपस्थित नहुनु बिडम्बनाको कुरा भएको बताए । जिल्ला सभामा संघीय सांसद, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्यलाई निम्ता गरी बोलाइएपनि कोहि उपस्थित भएनन् । 
    जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जिल्लाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा राम्रो काम गरेको भन्दै कर्मचारी नवराज खड्का, कमलेश्वर बिराजी, गंगाराम साहलाई सम्मान गरिएको थियो । 
    जिल्लामा उत्कृष्ट नगरपालिकामा कंचनरुप र गाउँपालिकामा रुपनीलाई समेत सम्मान प्रदान गरिएको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
पाँच दशक पार गरेका जनचेतना माध्यमिक  विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
पाँच दशक पार गरेका जनचेतना माध्यमिक  विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
लाख भन्दा बढीको पटाका बरामद
लाख भन्दा बढीको पटाका बरामद
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
अटोरिक्सा दुर्घटना हुँदा चालकसहित चार जना घाइते
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
प्रदेश २ मा ४ दशमलब ४७ ले  आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….
प्रदेश २ मा ४ दशमलब ४७ ले  आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….