मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २५, २०७८
|
|
२९ पटक हेरिएको
Shares
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो

सारांश

  •     सो अवस्थामा सविताका बुवा बसन्त साहले तुरुन्त बच्चालाई एम्बुलेन्समा राखी राजविराजस्थित युनिक सिटी हस्पिटल पु¥याए ।
  •     मुटु र श्वास नचलेको सो शिशुलाई हस्पिटलका डा.
  • राजन जयसवालले भर्ना गरि उपचार सुरु गरे ।

दैनिक समाचारदाता
राजविराज, २४ असार । 
    सप्तरीको सुरुङगा नगरपालिका ९ की २१ वर्षिया सविता साहले असार १४ गते विहान एक बच्चा (छोरा) लाई जन्म दिईन । तर, बच्चा जन्मिने बित्तिकै नरोएपछि बच्चा मृत जन्मेको भन्दै परिवारजन स्तब्ध भए । 
    सो अवस्थामा सविताका बुवा बसन्त साहले तुरुन्त बच्चालाई एम्बुलेन्समा राखी राजविराजस्थित युनिक सिटी हस्पिटल पु¥याए ।
    मुटु र श्वास नचलेको सो शिशुलाई हस्पिटलका डा. राजन जयसवालले भर्ना गरि उपचार सुरु गरे । केही औषधी चलाएर बच्चाको छाती थिचेर उपचार गरेपश्चात् करिब आधा घन्टापछि बच्चाले श्वास फेर्न र मुटुसमेत चल्न थालेको डा. जयसवालको भनाई छ । अस्पतालमा रहेको उच्च प्रविधिको माध्यमले उपचार गरेपछि बच्चाको जीवन जोगियो । 
    बच्चाको अवस्थामा केही सुधार आएपछि भेन्टिलेटरमा राखेर दुई दिनको उपचारपछि आईसियुमा ८ दिनसम्म राखेर उपचार गरिएको हस्पिटलका संस्थापक जयप्रकाश ठाकुरले जानकारी दिए । 
    सप्तरी सदरमुकाम राजबिराजमै युनिक हस्पिटलले पहिलो पटक भेन्टिलेटर र आईसियुसहितको उपचार सुरुवात गरेको छ । जसकारण शिशुलाई अन्यत्र नलगेर अभिभावक समेतले विश्वास गरेपछि बच्चाको ज्यान जोगाउन सफल भएको उनको भनाई छ । 
    दुई बर्ष पहिले बिवाह भएको सविताका पति अशोककुमार साह अहिले बैदेशिक रोजगारमा छन । सविताको यो नै पहिलो सन्तान हो । सबिताका बुबा नातीले पुनरजन्म पाएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिदै नातीको ज्यान जोगिएकोमा खुशी हुँदै बिहीबार अस्पतालबाट बच्चालाई लिएर घर फर्किएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
पचास वर्षिया दायमनको रहस्यमय हत्या
पचास वर्षिया दायमनको रहस्यमय हत्या
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग
शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ