कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो

राजविराज राजविराज
|
आइतबार, आषाढ २७, २०७८
|
|
२४ पटक हेरिएको
Shares
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो

सारांश

  •     जिल्लाको तिलाठी कोर्इंलाडी गाउँपालिका ७ निवासी ६५ वर्षिय बलराम मण्डलको आईतवार विहान ज्यान गएको हो ।
  •       मण्डलले शनिवार गाउँपालिकाको तोपास्थित उपस्वास्थ्य चौकीमा कोरोना विरुद्धको दोश्रो खोप लगाएको तिलाठी कोइलाडी गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् ।
  •       खोप लगाएर घर फर्केका उनी सोही दिन साँझ गाउकै एक पंचायतीमा सहभागि भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
    कोरोना विरुद्धको खोप लगाएकै दिन मदिरा सेवन गर्दा सप्तरीमा एक व्यक्तिको ज्यान गएको छ । 
    जिल्लाको तिलाठी कोर्इंलाडी गाउँपालिका ७ निवासी ६५ वर्षिय बलराम मण्डलको आईतवार विहान ज्यान गएको हो । 
    मण्डलले शनिवार गाउँपालिकाको तोपास्थित उपस्वास्थ्य चौकीमा कोरोना विरुद्धको दोश्रो खोप लगाएको तिलाठी कोइलाडी गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् । 
    खोप लगाएर घर फर्केका उनी सोही दिन साँझ गाउकै एक पंचायतीमा सहभागि भएका थिए । पंचायती सकेपछि मदिरा सेवन गरेर घर पुगेका उनलाई मध्यरातमा असहज महशुस भएपछि तिलाठी कोइलाडी उपस्वास्थ्य चौकीमा उपचारका लागि पुगेको स्वास्थ्य चौकीका इन्र्चाज रामकृष्ण साहले जानकारी दिएका छन् । 
    विहान ४ वजे तिर उनको जाचँ गर्दा रक्तचाप अत्याधिक देखिएकाले सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचारका लागि आउँदै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् । 
    यसैबीच जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुखियालाल यादवले घट्ना खोपको कारण नभई अत्याधिक मदिरा सेवनका कारणले भएको जानकारी दिए । 
    यता जिल्लामा कोरोनाको दोश्रो लहरमा अहिले सम्म १ सय १२ जनाले ज्यान गुमाएका छन भने ८५ जना सक्रिय संक्रमित अझै रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न
सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
राजविराज नगरपालिकामा  अख्तियारको टोली 
राजविराज नगरपालिकामा  अख्तियारको टोली 
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव