एसएमजि र स्वतन्त्र तराई निर्माण सेना  लेखिएको पर्चासहित चौधरी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, पौष १७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
एसएमजि र स्वतन्त्र तराई निर्माण सेना  लेखिएको पर्चासहित चौधरी पक्राउ

सारांश

  •     बिशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं.
  • २ जनकपुर, संघिय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले हतियारसहित सिरहाको धनगढीमाई नगरपालिका ११ छपराडी निवासी ४६ वर्षिय चतुर नारायण चौधरीलाई पक्राउ गरेको हो ।
  •       प्रहरीले गोलबजार नगरपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको स.

दैनिक समाचारदाता
सिरहा, १७ पुस ।
    सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीको संयुक्त टोलीले एसएमजिसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । 
    बिशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुर, संघिय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले हतियारसहित सिरहाको धनगढीमाई नगरपालिका ११ छपराडी निवासी ४६ वर्षिय चतुर नारायण चौधरीलाई पक्राउ गरेको हो । 

    प्रहरीले गोलबजार नगरपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको स. ५ प ३७४१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा एसएमजि एक थान र सोमा लाग्ने दुई थान म्याग्जिन र पाँच राउण्ड गोली बरामद गरेको जनाएको छ । 
    यस्तै प्रहरीले स्वतन्त्र तराई निर्माण सेना केन्द्रिय ब्युरो लेखिएको पर्चा दुई थान पर्चा समेत फेला पारेको जनाएको छ । हतियारसहित पक्राउ परेका चौधरीमाथी हातहतियार खरखजाना ऐन अन्तर्गत अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरीले जनाएको छ । 
    यता चौधरी तत्कालीन माओवादीका लडाकु भएको खुलेको छ । माओवादी छाडेपछि चतुर केही समय तराईको भूमिगत गोइत समूहसँग आवद्ध रहेपनि पछिल्लो समय स्वतन्त्र तराई निर्माण सेना समूहमा आवद्ध रहेको खुलेको प्रदेश दुई प्रहरी कार्यालयका डीआईजी हरि पालले जानकारी दिए । 
    चौधरीलगायतको समूहले हतियार देखाएर तर्साउने, चन्दा आतंक मच्चाउने लगायतका गतिविधि गरेको सूचना पाएपछि खोजी कार्य तिव्र पारेका प्रदेश प्रहरी प्रमुख पालले जानकारी दिए । उनको साथबाट बरामद भएको हतियार नेपालमा नेपाली सेनाले प्रयोग गर्दै आएको छ । तर, चौधरीबाट बरामद भएको हतियार भारतबाट भित्रिएको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा  नयाँ–नयाँ शैलीमा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा  नयाँ–नयाँ शैलीमा प्रदर्शन
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था
अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
यात्रु ओराल्ने क्रममा  विंगरबाट लडेर महिला घाइते
यात्रु ओराल्ने क्रममा  विंगरबाट लडेर महिला घाइते
सकरपुराले जित्यो तिलाठी कोईलाडी पालिका कप
सकरपुराले जित्यो तिलाठी कोईलाडी पालिका कप
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत