प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव

राजविराज राजविराज
|
बुधबार, पौष १८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव

सारांश

  •     उनले अधुरो प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको समेत जानकारी दिए ।
  •     अगामी फागून १ देखि नेपाली सेनाको सहकार्यमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजना गरिने वृहत निःशुल्क स्वास्थ शिविरको पूर्व तयारी र स्थलगत अध्ययनको शिलशिलामा बुधवार राजविराज आईपुग्नुभएका उप प्रधानमन्त्री यादवले स्तरीय स्वास्थ्य सेवा लिन उचित वातावरण बनाउन पनि उत्तिकै आवश्यक रहेको बताए ।
  • उनले वातावरण राम्रो बनाउने काम स्थानियवासीले बनाए स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था सरकारले गर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 
    उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले भारत सरकारको सहयोगमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाता भित्र शुरु गरिएको प्रसुती गृह भवन लामो समयदेखि अधुरो रहेकोमा चिन्ता व्यक्त गरेका छन् । 
    उनले अधुरो प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको समेत जानकारी दिए ।
    अगामी फागून १ देखि नेपाली सेनाको सहकार्यमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजना गरिने वृहत निःशुल्क स्वास्थ शिविरको पूर्व तयारी र स्थलगत अध्ययनको शिलशिलामा बुधवार राजविराज आईपुग्नुभएका उप प्रधानमन्त्री यादवले स्तरीय स्वास्थ्य सेवा लिन उचित वातावरण बनाउन पनि उत्तिकै आवश्यक रहेको बताए । उनले वातावरण राम्रो बनाउने काम स्थानियवासीले बनाए स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था सरकारले गर्ने बताए । 
    शिविर संचालनका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आयोजित छलफल कार्यक्रममा उनले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासलाई राजविराजमा खटाइएका डाक्टरहरु मध्ये को को आए र को को आएनन् सो को सुचि तयार गरी यथाशिघ्र मन्त्रालयमा विवरण बुझाउन र शिविर अवधिभर कुनै पनि तहका स्वास्थ्यकर्मीलाई विदा नदिन निर्देशन पनि दिए । 
    उनले फागुन १ गतेदेखी शुरु हुने वृहत स्वास्थ्य शिविरमा सप्तरीका साथै सिरहा, सुनसरी र उदयपुरसम्मका विरामीले उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै शिविर सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए । सेना र स्वास्थ्य मन्त्रालय नै लागेपछि शिविरबाट स्तरीय स्वास्थ्य सेवा प्रदान हुनेमा आफु ढुक्क रहेको उनको भनाई थियो ।  
    निकट भविष्यमै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमा स्थापना हुन लागेको जानकारी दिदै उनले आफु स्वास्थ सेवाबाट कोही पनि बन्चित नहोस् भन्ने चाहनाका साथ अघि बढेको बताए । 
    कार्यक्रममा नेपाली सेनाका उपरथी डा. शशि राइले ११ दिनसम्म चल्ने शिविरमा सेनाका विशेषज्ञ डाक्टरहरु खटिने र शिविरमा समान्यदेखि जटिल रोगको उपचार तथा शल्यक्रिया सेवा समेत प्रदान गरिने जानकारी दिए । 
    शिविरमा जाँच, उपचार र औषधी सबै निःशुल्क प्रदान गरिने उनको भनाई थियो । अहिलेसम्म कै सबभन्दा ठुलो स्वास्थ्य शिविर नगरमा आयोजना हुन लागेकोमा प्रसन्ता व्यक्त गर्दै नगर प्रमुख शम्भु प्रसाद यादवले शिविर सञ्चालनका लागि नगरपालिकाले पनि श्रोत साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    मेडिकल सुपरिटेन्डेन्ट डा. दासले बृहत स्वास्थ्य शिविर सञ्चालनका लागि अस्पतालसँग भएको श्रोत, साधन र जनशक्ति बारे उपप्रधान मन्त्री यादवलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अप्पन ब्राहमण समाजको समिति सर्वसम्मत चयन
अप्पन ब्राहमण समाजको समिति सर्वसम्मत चयन
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
विभिन्न दल आफ्नो पक्षमा मत पार्न अन्तिम चरणको प्रचारमा
विभिन्न दल आफ्नो पक्षमा मत पार्न अन्तिम चरणको प्रचारमा
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार