दैनिक समाचारदाता
जनकपुरधाम, ११ भदौं ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा धेरै पार्टी खुल्ने गरेको पनि समाजवादको केन्द्र जसपा मात्र रहेको बताएका छन् ।
पार्टीद्वारा जनकपुरधाममा शुक्रबार आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको राजनीतिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढदै गएको प्रति खुसी व्यक्त गरे ।
उनले नेपालमा कम्युनिष्टहरु नरहेको बताउदै नेपालको कम्युनिष्टहरु कमाउनिष्ट भएको समेत बताउँदै देशमा बामपन्थीहरुले सोचेको जस्तो निरंकुश एकदलिय शासन प्रणाली चल्न नसक्ने दाबी गरे ।
भदौंदेखि मंसिरसम्म पार्टीले सुरु गरेको अभियानमा योगदान गर्ने र काम गर्ने नेताहरुलाई मात्र पार्टीमा अवसर र पद भेट्ने उनले बताए । काम नगरेको खण्डमा केन्द्रिय सदस्यको पद समेत भोली रहन नसक्ने उनको चेतावनी थियो ।
समुनत समाजवाद वा समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै पुजी र प्रविधी समयानुकुल प्रयोग गर्न सकिए देशबाट गरिवी र रोजगारीको अन्त्य हुने उनको धारणा छ ।
जनताको गुनासो सम्बोधन हुने गरि सवै सरकार चल्नु पर्ने उनको जिकिर छ । कार्यक्रममा पार्टीबाट निर्वाचित स्थानिय, प्रदेश र संघ सरकारका जनप्रतिनिधीहरुको उपस्थिती रहेको छ ।
समाजवादको केन्द्र जसपा मात्र ः उपेन्द्र यादव
सारांश
- पार्टीद्वारा जनकपुरधाममा शुक्रबार आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको राजनीतिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढदै गएको प्रति खुसी व्यक्त गरे ।
- उनले नेपालमा कम्युनिष्टहरु नरहेको बताउदै नेपालको कम्युनिष्टहरु कमाउनिष्ट भएको समेत बताउँदै देशमा बामपन्थीहरुले सोचेको जस्तो निरंकुश एकदलिय शासन प्रणाली चल्न नसक्ने दाबी गरे ।
- भदौंदेखि मंसिरसम्म पार्टीले सुरु गरेको अभियानमा योगदान गर्ने र काम गर्ने नेताहरुलाई मात्र पार्टीमा अवसर र पद भेट्ने उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
विशेष साधारण सभाको कुनै औचित्य छैन् ः सप्तरी जिल्ला बार
पत्रकार महासंघले छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने
करेन्ट लागेर घाइते भएका सुदर्शनलाई आर्थिक सहयोग
सामुदायिक प्रयासले पुनर्जीवन पायो सकरपुराको ऐतिहासिक पोखरी
निजि विद्यालयद्वारा परम्परालाई निरन्तरता
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
प्रतिक्रिया
० प्रतिक्रिया