आइतबारदेखी राजविराजका  सबै विद्यालय खुल्ने 

राजविराज राजविराज
|
शनिबार, भाद्र १९, २०७८
|
|
१२९ पटक हेरिएको
Shares
आइतबारदेखी राजविराजका  सबै विद्यालय खुल्ने 

सारांश

  •     राजविराज नगर शिक्षा समितिको शुक्रबार सम्पन्न बैठकले सो निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।
  •       जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीको बुधबार सम्पन्न बैठकले समेत विद्यालय खोल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
  •       कोभिड १९ बिरुद्धको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरि प्रत्येक तहमा उपल्लो कक्षा ९ देखी १२, निमावि तहका कक्षा ६ देखी ८ तथा प्रावि तहका कक्षा ३ देखी ५ सम्म विद्यार्थी संख्याको आधारमा फरक फरक सिफ्टमा संचालन गर्न विज्ञप्तिमा जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ भदौं । 
    विगत लामो समयदेखी बन्द रहेका राजविराजका सम्पूर्ण संस्थागत तथा नीजि विद्यालयहरु भदौं २० गते आइतबारदेखी खुल्ने भएका छन् । 
    राजविराज नगर शिक्षा समितिको शुक्रबार सम्पन्न बैठकले सो निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ । 
    जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीको बुधबार सम्पन्न बैठकले समेत विद्यालय खोल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । 
    कोभिड १९ बिरुद्धको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरि प्रत्येक तहमा उपल्लो कक्षा ९ देखी १२, निमावि तहका कक्षा ६ देखी ८ तथा प्रावि तहका कक्षा ३ देखी ५ सम्म विद्यार्थी संख्याको आधारमा फरक फरक सिफ्टमा संचालन गर्न विज्ञप्तिमा जनाइएको छ । 
    यसअघि साउन १५ गतेदेखी नै जिल्लाको सुरुङ्गा नगरपालिकास्थित सम्पूर्ण विद्यालयमा पठनपाठन सूचारु भइसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ