दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
सप्तरीको डाक्नेश्वारी नगरपालिकाकी कंचन कुमारी यादबको हत्या गरेको आरोप लागेका बिनिता यादवलाई उच्च अदालत जनकपुर–राजबिराज इजलाशले जिल्ला अदालतको फैसलालाई नै सदर गरि धरौटी बुझाएर छोड्न आदेशप्रति पीडित पक्षले आपति जनाएको छ ।
सोमवार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा आयोजित पत्रकार सम्मेलनमा मृतक कंचनका भाइ सिद्धान्तराज यादबले अदालतले गरेको उक्त फैसलाले आफु अन्याय परेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उच्च अदालतबाट जिल्ला अदालतले असार २० गते गरेको फैसला सदर गरेपछि राजबिराज नगरपालिका ५ कि बिनिता यादव १ लाख ५० हजार धरौटी बुझाएर तारेखमा रिहाई भएकी छिन् ।
उच्च अदालतमा मुद्दाबारे बुझ्न जाँदा तपाईंको मुद्दा झरेको छ अर्कै दिन बेन्चमा जान्छ भनी झुक्याएर पठाए, पीडित सिद्धान्तराजले भने, आफू फर्किएर आएपछि साँझ ५ बजे छलेर दिदीको हत्यारालाई उन्मुक्ति दिने फैसला गर्यो । पीडित यादवले आफ्ना पक्षका वकिललाई बहस गर्ने अबसर नै नदिई हतारमा निर्णय गरेको भन्दै असन्तुष्टि जनाए ।
पीडित पक्षले उच्च अदालतका न्यायाधीशद्वय शान्तिसिंह थापा र बासुदेव आचार्यले आफुलाई झुक्याएर जिल्ला अदालतको फैसलालाई सदर गरि अन्याय गरेको भन्दै न्यायका लागि संचारकर्मिहरूसँग आग्रह गरेका हुन् ।
प्रतिबादी बिनिता यादव मृतक कंचनको हत्यामा प्रत्यक्ष संलग्नता नदेखिएकोले धरौटी बुझाएर तारेखमा छोड्न जिल्ला न्यायाधीश ईश्वरमनी ओझाले गरेको आदेश सदर गदै उच्च अदालतले आदेश बेरितको नदेखिदा केही परिवर्तन गरिरहनु परेन भन्दै आदेशमा भनिएको छ ।
मुद्दा नेपाल सरकारबादी भएपनि आफुले निजी वकिललाई बहसका लागि राखेको बताउँदै पीडितले आफ्ना वकिललाई पनि झुक्याएर बहस गर्ने अबसरबाट बञ्चित गराएको गुनासो गरे ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलासामा २०६६ साल साउन १४ गते कंचन कुमारी यादवको आफ्नै श्रीमानले हत्या गरेका थिए । हत्याको आरोपमा उनका श्रीमान् अरबिन्द यादव पूर्पक्षका लागि राजबिराज कारागारमा छन् ।
मृतकका माईती पक्षले अरबिन्द र बिनिताको योजनामा कंचनको हत्या गरेको भन्दै उनीहरु विरुद्ध २०७६ सालमा मुद्दा दर्ता गराएका थिए । कंचनको मृत्युपछि बिनिता फरार रहेकी थिईन् ।
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
सारांश
- सोमवार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा आयोजित पत्रकार सम्मेलनमा मृतक कंचनका भाइ सिद्धान्तराज यादबले अदालतले गरेको उक्त फैसलाले आफु अन्याय परेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
- उच्च अदालतबाट जिल्ला अदालतले असार २० गते गरेको फैसला सदर गरेपछि राजबिराज नगरपालिका ५ कि बिनिता यादव १ लाख ५० हजार धरौटी बुझाएर तारेखमा रिहाई भएकी छिन् ।
- उच्च अदालतमा मुद्दाबारे बुझ्न जाँदा तपाईंको मुद्दा झरेको छ अर्कै दिन बेन्चमा जान्छ भनी झुक्याएर पठाए, पीडित सिद्धान्तराजले भने, आफू फर्किएर आएपछि साँझ ५ बजे छलेर दिदीको हत्यारालाई उन्मुक्ति दिने फैसला गर्यो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया