दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीका विभिन्न स्थानीय तहमा समिती गठन भइरहेको छ ।
यसै क्रममा बुधवार कंचनरुप नगरपालिकामा पनि एक कार्यक्रमबीच हिन्दु राष्ट्र स्वभिमान जागरण अभियान नगर कमिटी गठन गरिएको छ ।
श्रवण कुमार साहको संयोजकत्वमा गठन गरिएको २९ सदस्यीय नगर समितीको सह संयोजकमा अशोक कुमार मण्डल, सम्र्पक प्रमुखमा सत्य नारायण साह, संचार प्रमुखमा राजकुमार पण्डीत, युवा प्रमुखमा शोभाकान्त झा र महिला प्रमुखमा सुलोचना पण्डित रहेका छन् ।
यस्तै सेवा प्रमुखमा दिपक प्रसाद गुप्ता, गौ रक्षा प्रमुखमा देवकान्त चौधरी र सत्संग प्रमुखमा दुर्याेधन गोस्वामीको चयन गरिएको अभियानका अगुवा एवं विश्व हिन्दु परिषद सत्संग विभागका सगरमाथा प्रभारी जंग बहादुर सिंहले जानकारी दिए ।
कार्यक्रममा नगरका प्रत्येक वडाबाट एक÷एक जना संयोजक र सदस्य समेत चयन गरीएको छ । १८ वटा स्थानीय तह रहेको जिल्लामा २ महिनको अवधीमा ७ वटा स्थानीय तहमा समिती गठन गरिसकिएको तथा बाँकि स्थानीय तहमा पनि गठनको तयारी भईरहेको सिहले जानकारी दिए ।
हिन्दु धर्म संस्कृतिको संरक्षण तथा समाजको सुप्त स्वभिमानलाई जगाएर आफ्ना पृुर्खाद्वारा संरक्षित हिन्दुत्वको रक्षा गर्ने उद्देश्यले अभियान चलाइएको उनको भनाई छ ।
हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन
सारांश
- यसै क्रममा बुधवार कंचनरुप नगरपालिकामा पनि एक कार्यक्रमबीच हिन्दु राष्ट्र स्वभिमान जागरण अभियान नगर कमिटी गठन गरिएको छ ।
- श्रवण कुमार साहको संयोजकत्वमा गठन गरिएको २९ सदस्यीय नगर समितीको सह संयोजकमा अशोक कुमार मण्डल, सम्र्पक प्रमुखमा सत्य नारायण साह, संचार प्रमुखमा राजकुमार पण्डीत, युवा प्रमुखमा शोभाकान्त झा र महिला प्रमुखमा सुलोचना पण्डित रहेका छन् ।
- यस्तै सेवा प्रमुखमा दिपक प्रसाद गुप्ता, गौ रक्षा प्रमुखमा देवकान्त चौधरी र सत्संग प्रमुखमा दुर्याेधन गोस्वामीको चयन गरिएको अभियानका अगुवा एवं विश्व हिन्दु परिषद सत्संग विभागका सगरमाथा प्रभारी जंग बहादुर सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया