सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 

राजविराज राजविराज
|
सोमबार, आश्विन २५, २०७८
|
|
२६ पटक हेरिएको
Shares
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 

सारांश

  •     स्थानिय कृषक र जनप्रतिनिधिको चासो तथा सम्भाव्यता अध्ययनपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले दोश्रो पालिकाको रुपमा सुरुङ्गा नगरपालिकाको चयन गरेको हो ।
  •       नास्टका वरिष्ठ बैज्ञानिक अधिकृत डा.
  • जयकान्त राउतले यसअघि उक्त कार्यक्रम गोरखा जिल्लाको सिरान चौक गाउँपालिकामा मात्र लागु भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २४ असोज । 
    सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका भएको छ ।
    स्थानिय कृषक र जनप्रतिनिधिको चासो तथा सम्भाव्यता अध्ययनपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले दोश्रो पालिकाको रुपमा सुरुङ्गा नगरपालिकाको चयन गरेको हो । 
    नास्टका वरिष्ठ बैज्ञानिक अधिकृत डा. जयकान्त राउतले यसअघि उक्त कार्यक्रम गोरखा जिल्लाको सिरान चौक गाउँपालिकामा मात्र लागु भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 
    बैज्ञानिक गाउँ कार्यक्रमका संयोजक समेत रहेका डा. राउतले यस भेगका किसान र जनप्रतिनिधिले देखाएको चासो र स्थलगत अध्ययनपछि मुलुककै दोश्रो पालिकाको रुपमा सुरुङ्गा नगरपालिकालाई चयन गरिएको बताए । 
    कार्यक्रम अन्तरगत स्थानियस्तरमा उत्पादन बृद्धिका लागि च्याउको बिऊ उत्पादन प्रयोगशाला समेत स्थापना गरि गतिविधी सुरु गरिएको छ । उक्त नगरपालिकाको वडा नं. ३ मा स्थापना गरिएको प्रयोगशालामा ९ लाख ८८ हजार ४ सय ६७ रुँपैयाको बैज्ञानिक उपकरण र औजारसमेत जडान गरि काम सुरु गरिएको नाष्टका प्रशासकीय अधिकृत दिलिपकुमार श्रीवास्तवले जानकारी दिए । 
    कार्यक्रम पुर्ण संचालनका लागि नास्टले ६० प्रतिशत र सुरुङ्गा नगरपालिकाले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको मेयर मुक्तिनाथ चौधरीले जानकारी दिए । 
    कार्यक्रममा सहभागि हुने कृषकका लागि नाष्टका प्रशिक्षक सुमन महर्जनको नेतृत्वमा प्रशिक्षण कार्य समेत सुरु गरिएको वडा अध्यक्ष रुद्र बहादुर कार्कीले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु
टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै
सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
राजविराज कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड
राजविराज कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
पाँच लाख बढीको भन्सार छलेको समान बरामद
पाँच लाख बढीको भन्सार छलेको समान बरामद