आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 

राजविराज राजविराज
|
बुधबार, कार्तिक २४, २०७८
|
|
८४ पटक हेरिएको
Shares
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 

सारांश

  •     लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट यो पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।
  •       मंगलबार बिहानैदेखी घाट सरसफाई, सजावट तथा छठका लागि किनमेल गर्नेहरुको बजारमा घुँइचो देखिएको छ ।
  • यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन् ।

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक । 
    छठ पर्व धुमधामका साथ मनाउन सम्पूर्ण मधेशवासी अहिले उत्साह पूर्वक जुटेका छन् । चार दिवसीय छठ पर्व अन्तरगत आज साँझ अूताउँदो सूर्यलाई अर्घ दिइदै छ । 
    लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट यो पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । 
    मंगलबार बिहानैदेखी घाट सरसफाई, सजावट तथा छठका लागि किनमेल गर्नेहरुको बजारमा घुँइचो देखिएको छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन् । 
    पूजाका लागि व्रतालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटलाई आकर्षक एवं सजावट गर्न व्रतालुले लागि परेका छन् ।
    जिल्लास्थित विभिन्न ताल तलाउ, खोला लगायत जलाशयलाई सफा गरि ध्वजापातका र रंगबिरगिं बत्तिले बेहुली झै सिंगार्न ब्यस्त छन् । भक्तजनले जिल्लाको भगवती पोखरी, कल्टु पोखरी, तुरन्ती पोखरी, सप्तकोशी नदी लगायतका जलाशयलाई झकिझकाउ बनाउने तयारीलाई तिब्र बनाएका हुन् । 
    सूर्यको आराधना गरि मनाइने छठको दोश्रो दिन मंगलबार ब्रतालुले नुहाई धुवाई चोखो भएर खरना बिधी सुरु गरेका छन् । यस बिधी अन्तरगत ब्रतालुले विभिन्न जातको धानको चामल, गाईको दुध र सखर समिश्रण गरि खिर पकाउछन् ।
    राती यो परिकार ग्रहण गरेपछि ब्रतालु बुधबार दिनभर निरहार बस्छन् । सोही दिन सझिया घाट र भोली पल्ट बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर जलाशयबाट घर फर्किएपछि मात्र खाने कुरा खान्छन् । 
    सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाई पनि खाने गर्दछन् । 
    यो पर्वका लागि सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ भने प्रदेश २ सरकारले बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु