दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
खाद्य उद्योगी व्यसायीहरुसँग खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि सम्बन्धि एक दिने गोष्ठी राजविराजमा बुधबार सम्पन्न भएको छ ।
खाद्य पदार्थमा बढ्दो मिसावट र गुणस्तरहीनतालाई नियन्त्रण गरी खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजद्वारा आयोजित कार्यक्रममा सप्तरीका २५ जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
सो गोष्ठीमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले उद्योग पूर्वाधारका आधारहरु, असल उत्पादनको अभ्यास, लेबलिङ्ग एण्ड प्याकेजिङ्ग तथा खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ का मुख्य प्राबधान समेटिएर कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जयनारायण मण्डल, पत्रकार राजु विश्वकर्मा लगायतले कार्यपत्र माथि टिप्पणी गर्दै खाद्य स्वच्छतामा जोड दिए ।
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
सारांश
- खाद्य पदार्थमा बढ्दो मिसावट र गुणस्तरहीनतालाई नियन्त्रण गरी खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजद्वारा आयोजित कार्यक्रममा सप्तरीका २५ जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
- सो गोष्ठीमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले उद्योग पूर्वाधारका आधारहरु, असल उत्पादनको अभ्यास, लेबलिङ्ग एण्ड प्याकेजिङ्ग तथा खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ का मुख्य प्राबधान समेटिएर कार्यपत्र प्रस्तुत गरेका थिए ।
- कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जयनारायण मण्डल, पत्रकार राजु विश्वकर्मा लगायतले कार्यपत्र माथि टिप्पणी गर्दै खाद्य स्वच्छतामा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया