नवीनकुमार गुप्ता
राजविराज, २ माघ ।
यातायातको कठिनाई, बिजुली बत्तिको अभाव तथा अन्य सुविधाबाट बञ्चित सप्तरीको अत्यन्त पछाडी परेको बलान बिहुल गाउँपालिका अहिले बिस्तारै उभो तर्फ लाग्दैछ ।
जिल्लाको १८ वटा स्थानिय तह मध्ये सबै भन्दा कान्छो गाउँपालिकाको रुपमा परिचित बलान बिहुलमा गत आ.ब.मा सडक बिस्तारको काम सम्पन्न भइसकेपछि अहिले सम्पूर्ण वडामा बिजुली बिस्तार गर्ने काम द्रुत गतिमा भइरहेको छ ।
मुलुकमा स्थानिय तहको विभाजन भइसकेपछि मधेश केन्द्रित दलहरुले जनसंख्याको आधारमा मधेशमा थप स्थानिय तह थप्नु पर्ने भन्दै आन्दोलन गरेपश्चात् सरकारले दोश्रो चरणमा थपेका स्थानिय तहमा यस बलान बिहुल गाउँपालिका साविकको बोदेबरसाईन नगरपालिकाबाट ६ वटा वडा छुट्इएर बनेको स्थानिय तह हो ।
सो गाउँपालिकाका स्थानियहरुले अहिलेसम्म बिद्युतको अनुभुती गर्न नपाएको अवस्था अहिले जनप्रतिनिधिको रोहबरमा सो कामलाई सूचारु गरिएको छ । यसैबीच गाउँपालिकाको वडा नं. ३ लाई बुधबार पूर्ण बिजुली युक्त वडा घोषणा गरिएको छ ।
सो गाउँपालिका वडा नं. ३ टिकुलियालाई बुधबार विधिवत रुपमा पूर्ण बिजुली युक्त वडा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् ।
यसअघि केही दिनअगाडी मात्र गाउँपालिकाको वडा नं. १ को सम्पूर्ण घरमा बिजुली जडान भइसकेपछि बुधबार वडा नं. ३ का सम्पूर्ण घरमा बिजुली जडान गर्ने काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष गोइतले बताए ।
यस्तै गाउँपालिकाको वडा नं. ४ मा आउँदो तीन चार दिनमै बिजुली जडान गर्ने काम सम्पन्न हुने उनले जानकारी दिए । त्यस्तै वडा नं. २ का ७० प्रतिशत घरमा बिजुली बलिरहेको जानकारी दिँदै अध्यक्ष गोइतले सो वडामा १० वटा बिजुलीका पोलहरु जडान गर्न केही आन्तरिक कलह रहेको तथा सो कलह हट्ने बित्तिकै बाँकी ३० प्रतिशत घरमा पनि बिजुली बल्ने बताए ।
त्यस्तै वडा नं. ५ र ६ मा गाउँपालिकाले पोल र बिद्युत तार लगाउने कार्य सम्पन्न गरेपनि सो वडाहरुमा एडिबि प्रोजेक्ट चलिरहेको तथा ११ हजार भोल्टको तार नआएको कारणले गर्दा बिजुली बल्न नसकेको बताए । उनले एडिबीले ११ हजार भोल्टको तार लगाउने बित्तिकै दुबै वडामा बिजुली बल्ने उल्लेख गरे ।
गाउँपालिकाले गत आ.ब.मा गाउँपालिकाको ६ वटै वडामा बिजुलीकरणका लागि ३ करोड २१ रकम छुट्याएको अध्यक्ष गोइतले जानकारी दिए । सोही अनुसार अहिले गाउँपालिका भरि बिजुलीकरण बिस्तार गर्ने काम दु्रत गतिमा भइरहेको उनले बताए । यसअघि गाउँपालिकाले सम्पूर्ण वडामा बाटो निर्माण गर्ने काम समेत गरेको छ । गाउँपालिकाको अधिकांश बाटोहरु ढलान समेत गरिएको छ ।
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए
सारांश
- जिल्लाको १८ वटा स्थानिय तह मध्ये सबै भन्दा कान्छो गाउँपालिकाको रुपमा परिचित बलान बिहुलमा गत आ.
- ब.
- मा सडक बिस्तारको काम सम्पन्न भइसकेपछि अहिले सम्पूर्ण वडामा बिजुली बिस्तार गर्ने काम द्रुत गतिमा भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया