चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर

राजविराज राजविराज
|
शुक्रबार, माघ ४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर

सारांश

  •     हतियार भित्रिरहेको विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा स ६ प ६१४० नम्बरको मोटरसाईकलमा सवार सिरहा नगरपालिका ९ निवासी २९ वर्षिय प्रमोद यादवले प्रहरीमाथी नै गोली चलाएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
  •       प्रदेश प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा २१ स्थितमा सडकखण्डमा मोटरसाइकल रोक्न खोज्दा यादवले कटुवा पेस्तोलले प्रहरीमाथी गोली प्रहार गरेपछि प्रहरीले प्रतिरक्षाका लागि फायर गर्दा यादवको दाहिने कुहिनामा गोली घाईते भएका छन् ।
  •       घाईते यादवलाई तत्काल उपचारको लागि जिल्ला सरकारी अस्पतालमा लगी उपचार पश्चात् जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
सिरहा, ४ माघ । 
    भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको एक व्यक्तिलाई प्रहरीले चेकजाँच गर्न रोक्न खोज्दा प्रहरीमाथी गोली प्रहार भएको छ ।
    हतियार भित्रिरहेको विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा स ६ प ६१४० नम्बरको मोटरसाईकलमा सवार सिरहा नगरपालिका ९ निवासी २९ वर्षिय प्रमोद यादवले प्रहरीमाथी नै गोली चलाएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 
    प्रदेश प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा २१ स्थितमा सडकखण्डमा मोटरसाइकल रोक्न खोज्दा यादवले कटुवा पेस्तोलले प्रहरीमाथी गोली प्रहार गरेपछि प्रहरीले प्रतिरक्षाका लागि फायर गर्दा यादवको दाहिने कुहिनामा गोली घाईते भएका छन् । 
    घाईते यादवलाई तत्काल उपचारको लागि जिल्ला सरकारी अस्पतालमा लगी उपचार पश्चात् जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको प्रहरीले जनाएको छ । यता प्रहरीले यादवको साथबाट एक थान कटुवा पेस्तोल र मोटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह