खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य

राजविराज राजविराज
|
मंगलबार, माघ ८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य

सारांश

  •     तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिँहले खेलकुद गतिबिधिलाई प्राथमिकतामा राख्दै खेलाडीलाई संरक्षण तथा उत्पादन गर्ने उद्देश्य रहेको बताए ।
  •     गाँउपालिकाले यही माघ १० गते गजेन्द्र नारायण सिँहको स्मृतिको अवसरमा गाँउपालिका स्तरिय क्रिकेट प्रतियोगिताका लागि खेल मैदान बनाउन तथा प्रतियोगिताको तयारीमा जुटेको जनाइएको छ ।
  •       सप्तरीमा क्रिकेट खेलाडीको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू उत्पादन सँगै कुलतमा फसेका युवाहरूलाई खेलकुद माध्यमवाट कुशल ब्यक्तित्व बनाउने लक्ष्य बमोजिम प्रतियोगिता गर्न अध्यक्ष सिंहले बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
    सप्तरीको तिलाठी कोईलाडी गाँउपालीकाले स्थानिय खेलाडीहरूको प्रशिक्षण तथा खेलाडी छनोट गरि खेलकुदको गतिबिधिलाई सक्रिय बनाउन लागेको छ । 
    तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिँहले खेलकुद गतिबिधिलाई प्राथमिकतामा राख्दै खेलाडीलाई संरक्षण तथा उत्पादन गर्ने उद्देश्य रहेको बताए ।
    गाँउपालिकाले यही माघ १० गते गजेन्द्र नारायण सिँहको स्मृतिको अवसरमा गाँउपालिका स्तरिय क्रिकेट प्रतियोगिताका लागि खेल मैदान बनाउन तथा प्रतियोगिताको तयारीमा जुटेको जनाइएको छ । 
    सप्तरीमा क्रिकेट खेलाडीको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू उत्पादन सँगै कुलतमा फसेका युवाहरूलाई खेलकुद माध्यमवाट कुशल ब्यक्तित्व बनाउने लक्ष्य बमोजिम प्रतियोगिता गर्न अध्यक्ष सिंहले बताए । 
    यसका अतिरक्त गाँउपालिकाको तोपा, बभनगमाकटी, सडेपार, तिलाठी, मंसापुर लगायतका ठाँउका युवाहरूलाई क्रिकेट प्रति अभिरूची सँगै क्रिकेट खेलाडी छनोटका लागि दुई दिने प्रशिक्षण समेत गराएको प्रशिक्षक धर्मेन्द्र चौधरीले बताए ।
    प्रशिक्षण दिएका खेलाडीहरूबाट उत्कृष्ट हुनेहरूलाई छनोट गरि टोलटोलमा टिम बनाएर खेलकुदप्रति अभिरूची जगाउने गाउँपालिकाको अभिप्राय रहेको छ ।
    यता तिलाठी गाउँपालीकासहित यहाँका स्थानिय र सप्तरी क्रिकेट संघ, एम्पायर संघ र क्रिकेट प्रशिक्षक, प्राबिधिक, खेलाडीहरू स्थानियहरू बभनगमाकटी मैदान बनाउन लागेको वडा अध्यक्ष गुलाव सिंहले खुशी ब्यक्त गरे ।
    सप्तरीमा क्रिकेटको बिकासमा टेवा पुरयाउने उदेश्यले तिलाठी कोईलाडी गाँउपालिकाले खेलाडी उत्पादन गर्ने थालिएको प्रयास क्रिकेटको लागि राम्रो दिन भएको स्थानिय शिक्षक संतोष सिंह बताउछन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते