दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
नौं वर्षअघि रोजगारीका लागि दुबई गएका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ६ का सुकदेव चौधरीको बुधबार साँझ बाकसमा शव आएको छ ।
४६ वर्षिय चौधरी बैदेशिक रोजगारीका क्रममा ९ वर्ष अघि दुबई पुगेका थिए । एक महिना अघि दुबईमै रहँदा पारालाइसिस भई अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको परिवारजनको भनाई छ ।
उनी कार्यगत कम्पनीले आवश्यक प्रक्रिया पुरा गर्दा गर्दै एक महिना समय लागेको पत्नी ललिताले बताइन् । बुधबार बासकसमा उनको शव आएपछि पत्नी ललिता बेहोस भइन् ।
बीच बीचमा घर समेत आउने गरेका चौधरीको दुई छोरा रहेको छ । उनले जेठो छोराको आउँदो फागुनमा विवाह समेत तय गरिसकेका थिए । विवाहका पैसाको जोहो गरेर छिटै घर फर्किने फोनमा पति चौधरीले आफूलाई सुनाउने गरेको ललिताले रुदै सुनाइन् ।
बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउने प्रयास गरिरहँदा थुप्रै नेपालीको यसरी नै बिदेशी भूमीमा ज्यान गुमाई बाकसमा समेटिएर आउने गरेका छन् ।
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो
सारांश
- ४६ वर्षिय चौधरी बैदेशिक रोजगारीका क्रममा ९ वर्ष अघि दुबई पुगेका थिए ।
- एक महिना अघि दुबईमै रहँदा पारालाइसिस भई अस्पताल भर्ना भएका थिए ।
- उनको उपचारकै क्रममा मृत्यु भएको परिवारजनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया