दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको शुक्रबार बिहान मृत्यु भएको छ । यो सँगै एक सातायता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका ७ का ६० वर्षिय रामरतन राम रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कोरोना संक्रमित भई होम आइसोलेशनमा रहेका रामलाई दुई दिनअघि संक्रमण पुष्टि भएको थियो ।
यसअघि रुपनी गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साहको पनि कोरोनाका कारण ६ दिनअघि मृत्यु भएको थियो ।
यता शुक्रबार गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा ३७ जनाको स्वाव परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण्को पुष्टि भएको छ । संक्रमित हुनेहरुमा सप्तरी जिल्ला अदालतका चार जना कर्मचारी समेत छन् ।
यसअघि सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलाशका ७ जना न्यायाधिश, प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराज सम्पर्क कार्यालयका ७५ जना सुरक्षाकर्मी, राष्ट्रिय बाणिज्य बैंकका १४ जना कर्मचारी र गजेन्द्र नारायण सिंह अस्पतालका एक जना चिकित्सकसमेत संक्रमित भई होम आइसोलेशनमा छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार शुक्रबारसम्ममा जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ पुगेको छ ।
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८
सारांश
- मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका ७ का ६० वर्षिय रामरतन राम रहेका छन् ।
- जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कोरोना संक्रमित भई होम आइसोलेशनमा रहेका रामलाई दुई दिनअघि संक्रमण पुष्टि भएको थियो ।
- यसअघि रुपनी गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साहको पनि कोरोनाका कारण ६ दिनअघि मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया