महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ९, २०७८
|
|
४३ पटक हेरिएको
Shares
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान

सारांश

  •     केन्द्रलाई महिला तथा बालमैत्री बनाउन थप सहयोग पु¥याउने उद्देश्यका साथ युनिसेफको सहयोगमा जनकपुरस्थित लाइफ नेपाल नामक संस्थाले एक कार्यक्रमबीच उक्त सामानहरु उपहार दिएका हुन् ।
  •       विभिन्न खाले हिंसा तथा वेवारिसे अवस्थामा फेला परि केन्द्रमा आश्रयका लागि राखिने आमाहरुका लागि टेलिभिज, डस्ना, सिरक, झुल तथा बच्चाहरुका लागि पेन्सिल, कटर, मार्कर, कलर पेन्सिल, सापनर, कपीलगायतका शैक्षिक सामाग्रिका साथै फुटबल, भलिवल, लुडो स्किटिङ, प्याडलक र खेलौना लगायतका खेलकुद सामाग्रि समेत प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक शुष्मा भट्टले बताईन् ।
  •       महिला तथा बालबालिका लागि उपलब्ध गराइएको ती सामाग्रिहरु महिला, बालबालिका, यूवा तथा  खेलकुद मन्त्रालयको महिला विकास शाखा प्रमुख देवकुमारी खत्रीले डिएसपी माधवप्रसाद काफ्लेलाई हस्तान्तरण गरिन् ।

दैनिक समाचारदाता
राजविराज, ८ फागुन । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा संचालनमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका लागि एक गैर सरकारी संस्थाले आइतबार टेलिभिजन, डस्ना, सिरक, झुल, बच्चाहरुको शैक्षिक तथा विभिन्न खेलकुद सामाग्रि उपहार प्रदान गरेको छ ।  
    केन्द्रलाई महिला तथा बालमैत्री बनाउन थप सहयोग पु¥याउने उद्देश्यका साथ युनिसेफको सहयोगमा जनकपुरस्थित लाइफ नेपाल नामक संस्थाले एक कार्यक्रमबीच उक्त सामानहरु उपहार दिएका हुन् । 
    विभिन्न खाले हिंसा तथा वेवारिसे अवस्थामा फेला परि केन्द्रमा आश्रयका लागि राखिने आमाहरुका लागि टेलिभिज, डस्ना, सिरक, झुल तथा बच्चाहरुका लागि पेन्सिल, कटर, मार्कर, कलर पेन्सिल, सापनर, कपीलगायतका शैक्षिक सामाग्रिका साथै फुटबल, भलिवल, लुडो स्किटिङ, प्याडलक र खेलौना लगायतका खेलकुद सामाग्रि समेत प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक शुष्मा भट्टले बताईन् । 
    महिला तथा बालबालिका लागि उपलब्ध गराइएको ती सामाग्रिहरु महिला, बालबालिका, यूवा तथा  खेलकुद मन्त्रालयको महिला विकास शाखा प्रमुख देवकुमारी खत्रीले डिएसपी माधवप्रसाद काफ्लेलाई हस्तान्तरण गरिन् । 
    सो अवसरमा उनले विभिन्न महिला हिंसा र वेवारिसे अवस्थामा केन्द्रमा आउने पीडित महिला र उनीसागै आउने बच्चाको जिवनमा सहजता र उचित वातावरण निर्माणका लागि यस्ता सामाग्रि उपलब्ध गराइएको र यसको सदुपयोग हुने अपेक्षा राखेको बताईन् । 
    कार्यक्रममा संस्थाको टिम लिडर जिवन पुडासैनी, युनिसेफका कामदेव खनाल, संचारकर्मी बैजनाथ झालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । 
    उपहार बुझ्दै डिएसपी काफ्लेले दाता संस्थाप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले केन्द्रलाई महिला र बालमैत्री बनाउन थप मद्दत मिलेको र यसको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 
    चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्मको अवधीमा २० महिला, १५ बालबालिका र २ जेष्ठ नागरिकले उक्त केन्द्रमा सेवा पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
आत्महत्याका घटना बढ्दो
आत्महत्याका घटना बढ्दो
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन
दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?