काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ११, २०७८
|
|
७५ पटक हेरिएको
Shares
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी

सारांश

  •     मंगलबार संस्थापन पक्षले सभापति पदमा यादवको नाम घोषणा गरेको भोलीपल्ट बुधबार इतर पक्षले साहको नाम घोषणा गरेको हो ।
  • घोषणा कार्यक्रमबाट साहले घोषणा सभामा आफू काँग्रेसका बरिष्ठ नेता डा.
  • शेखर कोइरालाको पक्षबाट सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे ।

दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 
    नेपाली काँग्रेस सप्तरीको फागुन १५ गते हुने जिल्ला अधिवेशनका लागि सभापति पदमा संस्थापन पक्षबाट शत्रुधन यादव र इतर पक्षबाट सभापति पदका लागि रामदेव साहको उम्मेदवारी घोषणा भएको छ ।
    मंगलबार संस्थापन पक्षले सभापति पदमा यादवको नाम घोषणा गरेको भोलीपल्ट बुधबार इतर पक्षले साहको नाम घोषणा गरेको हो । घोषणा कार्यक्रमबाट साहले घोषणा सभामा आफू काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाको पक्षबाट सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे । 
    उम्मेदवार घोषणा कार्यक्रममा संघीय सांसद तेजुलाल चौधरी, संविधानसभा सदस्य रन्जित कर्ण, क्षेत्र नं ४ का सभापति सीताराम साह, जिल्ला कोषाध्यक्ष शिवनारायण चौधरी, उमेश मिश्रा, विकेश्वर यादव बिमल, भोगेन्द्र झा, बद्री महात्मान, रामु यादव लगायतले नेपाली काँग्रेस भित्र समावेशी लोकतन्त्र कायम गर्न साहको प्यानललाई जिताउन आग्रह गरेका थिए ।
    अघिल्लो दिन काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका वर्तमान जिल्ला सभापति दिनेश कुमार यादवको उपस्थितिमा संस्थापन पक्षबाट सभापति पदमा शत्रुधन यादवको उम्मेदवारी घोषणा गरिएको थियो । 
    काँग्रेसको १४ औं महाधिवेश अन्तरगत जिल्लामा वडा, गाउँ, नगर, प्रदेश र केन्द्रका प्रतिनिधिका लागि भएको निर्वाचनमा अधिकांश संस्थापन पक्षका निर्वाचित भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६
सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो