काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १५, २०७८
|
|
११३ पटक हेरिएको
Shares
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी

सारांश

  •     पार्टीको संस्थापन तथा इतर पक्षबाट सभापती पदको उम्मेदवारी घोषणा भईसकेको अवस्थामा पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापती दिनेश कुमार यादवको संयोजकत्वमा गठित कार्यदलले सर्वसम्मतीको प्रयास जारी राखेको हो ।
  •       जिल्ला अधिवेशनका लागी नेतृत्व चयनमा सर्वसम्मतीको प्रयास जारी राख्न यादवको संयोजकत्वमा गठित कार्यदलमा डा.
  • सुवोध कुमार पोखरेल र भागवत यादवलाई सदस्यमा राखिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 
    नेपाली काँग्रेस सप्तरीले अगामी निर्वाचनका लागी सर्वसम्मत नेतृत्वका लागि पहल जारी राखेको छ । 
    पार्टीको संस्थापन तथा इतर पक्षबाट सभापती पदको उम्मेदवारी घोषणा भईसकेको अवस्थामा पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापती दिनेश कुमार यादवको संयोजकत्वमा गठित कार्यदलले सर्वसम्मतीको प्रयास जारी राखेको हो । 
    जिल्ला अधिवेशनका लागी नेतृत्व चयनमा सर्वसम्मतीको प्रयास जारी राख्न यादवको संयोजकत्वमा गठित कार्यदलमा डा. सुवोध कुमार पोखरेल र भागवत यादवलाई सदस्यमा राखिएको छ । 
    पार्टी मजबुत बनाउन आसन्न आन्तरिक निर्वाचन तथा अगामी स्थानीय निर्वाचनमा समेत एकताबद्ध भई अघि बढ्न सर्वसम्मती नै उत्तम विकल्प रहेको भन्दै अध्यक्ष यादवले दुबै पक्षसित घनीभुत भेटघाट, वार्ता र सम्बाद जारी राखेको बताए । 
    यसै क्रममा आईतवार पनि दुबै पक्षका अगुवा नेता कार्यकर्तासंग छलफल गरेको उनले बताए । पार्टीको फागुन २० गते हुने जिल्ला अधिवेशनका लागि सभापति पदमा संस्थापक पक्षबाट शत्रुधन यादव र इतर पक्षबाट रामदेव साहले उम्मेदवारीको घोषणा गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए
सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो 
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो 
दुर्घटनामा गम्भिर घाइते भएका खंगको रकम अभावमा उपचार रोकियो
दुर्घटनामा गम्भिर घाइते भएका खंगको रकम अभावमा उपचार रोकियो
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन