स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
५१ पटक हेरिएको
Shares
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण

सारांश

  •     शनिवार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिलजिएसपी) जनकपुरधाम द्वारा दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
  •       उक्त अवसरमा अधिकारकर्मी देवराज पोखरेलले लैंगिक दृष्टिकोणबाट योजनाबद्व प्रकृयाहरूको विश्लेषण गर्ने, महिला समानता तथा महिला शसक्तिकरण अभियानका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
  •       उनले लक्षित सार्वजनिक श्रोतहरूको संकलन तथा बिनियोजन सुनिश्चित गर्ने, लैगिंक अन्तरहरूको सम्बोधन गर्ने लगानी सुनिश्चित गर्ने, लैंगिक अन्तरहरूको सम्बोधन गर्ने लगानी सुनिश्चित गरी बजेट     ल्याउनुपर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
    स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । 
    शनिवार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिलजिएसपी) जनकपुरधाम द्वारा दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । 
    उक्त अवसरमा अधिकारकर्मी देवराज पोखरेलले लैंगिक दृष्टिकोणबाट योजनाबद्व प्रकृयाहरूको विश्लेषण गर्ने, महिला समानता तथा महिला शसक्तिकरण अभियानका लागि कार्यक्रम आयोजना गरिएको बताए । 
    उनले लक्षित सार्वजनिक श्रोतहरूको संकलन तथा बिनियोजन सुनिश्चित गर्ने, लैगिंक अन्तरहरूको सम्बोधन गर्ने लगानी सुनिश्चित गर्ने, लैंगिक अन्तरहरूको सम्बोधन गर्ने लगानी सुनिश्चित गरी बजेट     ल्याउनुपर्नेमा जोड दिए । 
    लैंगिक समानता तथा महिला शसक्तीकरणका लागि सरकारी जवाफदेहिता तथा पारदर्शिता अभिबृद्वि गर्ने उद्देश्यले अभिमुखिकरण गर्न लागेको उनको भनाई छ । 
    सो अवसरमा राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, उप प्रमुख साधना झा, प्रमुख प्रशासकिय अधिकृत रेवती रमण शर्मा, वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, वडा ३ का सुर्दशन सिँह, वडा ५ का अध्यक्ष समीर झा, वडा ७ का अध्यक्ष मागीलाल नाई, वडा ९ का अध्यक्ष शम्भु प्रसाद यादब (लाली), वडा १० का अध्यक्ष सुशील दास, वडा १५ का अध्यक्ष राम प्रसाद यादब, वडा १६ का अध्यक्ष बुचाई दास, शिक्षा संयोजक भोगेन्द्र यादब, गैसस अध्यक्ष बलदेव मण्डल, आईटी अधिकृत सुरेश यादब लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन