आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
१९ पटक हेरिएको
Shares
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सो आगलागिमा परि ९ वटा पशुचौपाया समेत जलेर मरेका छन् भने आगलागिबाट २३ लाख ७५ हजारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
  •       आगोले डम्बर यादव, श्याम यादव, दिनेश यादव, मनोज यादव, कुलदेव यादव, महेश यादव, बृजनारायण यादव, भोला यादव, सत्यनारायण यादव, अमरेन्द्र यादव, उपेन्द्र यादव, धिरज यादवलगायत १३ परिवारको घर जलेको खरानी भएको प्रहरीले जनाएको छ ।
  •       स्थानिय डम्बर यादवको घर अगाडी थुपारेर राखिएको रुखको पातबाट शनिबार मध्यरात २ बजे अचानक सल्केको आगो समयमै नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर एक दर्जनभन्दा बढी घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको हो ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 
    सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ स्थित टेंग्रि टोलमा शनिबार मध्यरातमा भएको आगलागिमा एक दर्जन भन्दा बढी घर जलेर खरानी भएको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सो आगलागिमा परि ९ वटा पशुचौपाया समेत जलेर मरेका छन् भने आगलागिबाट २३ लाख ७५ हजारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 
    आगोले डम्बर यादव, श्याम यादव, दिनेश यादव, मनोज यादव, कुलदेव यादव, महेश यादव, बृजनारायण यादव, भोला यादव, सत्यनारायण यादव, अमरेन्द्र यादव, उपेन्द्र यादव, धिरज यादवलगायत १३ परिवारको घर जलेको खरानी भएको प्रहरीले जनाएको छ । 
    स्थानिय डम्बर यादवको घर अगाडी थुपारेर राखिएको रुखको पातबाट शनिबार मध्यरात २ बजे अचानक सल्केको आगो समयमै नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर एक दर्जनभन्दा बढी घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको हो । आगलागिमा परेका सबै घर फुस र काठबाट बनेका हुन् ।
    गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले आगलागिमा घर, लत्ताकपडा, खाद्यान्न, फर्निचर र ९ वटा पशुचौपाया समेत जलेर मरेको जानकारी दिए । 
    राजविराज, हनुमाननगर र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा प्रहरी र स्थानियको सक्रियतामा बिहान ४ बजेतिर आगो नियन्त्रणमा आएको डिएसपी काफ्लेले बताए ।
    यसैबीच मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले अग्निपीडितलाई तत्कालका लागि त्रिपाल र खाद्यान्न उपलब्ध गराएका छन् । काम विशेषले काठमाडौंमा रहेका मन्त्री साहले तत्कालै स्वकीय सचिव राजकुमार यादवमार्फत पीडित परिवारलाई त्रिपाल र खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । 
    त्यस्तै धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष ईं सूर्यनारायण यादवले पनि १० थान त्रिपाल र भाडाकुडा लगायतको राहत सामाग्रि बितरण गरेको अग्नीपिडितहरुले जानकारी दिएका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा फर्मासिष्टहरुको नियुक्ती हुने : मन्त्री साह 
अस्पतालमा फर्मासिष्टहरुको नियुक्ती हुने : मन्त्री साह 
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
रामनवमीमा स्व. सिंहको सम्झना
रामनवमीमा स्व. सिंहको सम्झना
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
सप्तरीको विकास सुख्खा परेको खडेरी खेत जस्तै 
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट