दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
नेकपा एमालेकी महिला नेतृ रन्जु झा र आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान जसपामा प्रवेश गरेका छन् ।
एमालेबाट संविधान सभा सदस्य समेत बनेकी झा र नेपाली काँग्रेस सप्तरीका क्षेत्रिय प्रतिनिधी रहेका प्रधानसहित एक सय १२ जना विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् । उद्योग बाणिज्य संघ सप्तरीका निवर्तमान अध्यक्ष समेत रहेका प्रधान केही दिन अघि मात्र आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष चयन भएका हुन् ।
बुधवार राजविराज स्थित जिल्ला समन्वय समितीको सभाकक्षमा जसपा सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव एवं संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले उनीहरुलाई अबिर माला लगाएर पार्टीमा स्वागत गरे ।
जसपा अध्यक्ष यादवले प्रवेश गर्नेको हिमाल, पडाड र तराईमा लहर नै चलेको दाबी गर्दै अलमलमा रहेकाहरुलाई पनि पार्टीमा आउन आह्वान गरे । उनले नव प्रवेशीहरुलाई कुनै भेदभाव नगरिने र योग्यता तथा क्षमताको आधारमा उचित जिम्मेवारी दिईने प्रतिबद्धता समेत जनाए ।
जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, मधेश प्रदेशका समाजिक विकास मन्त्री नवल किशोर साह, अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सभासदस्य मनिष सुमन, जसपाका प्रदेश सचिव युसुफ अलि, रुपनी गाउँपालिकाका प्रमुख एवं पार्टीका जिल्ला सचिव हरेराम यादव, प्रेस मंचका महासचिव अवधेश झा, युवा नेता शैलेन्द्र मोहन झा लगायतले पनि नव प्रवेशीहरुलाई स्वागत गर्दै शुभकाना दिएका थिए ।
एमाले नेतृ झा र आदिवासी जनजातिका अध्यक्ष प्रधान जसपामा प्रवेश
सारांश
- एमालेबाट संविधान सभा सदस्य समेत बनेकी झा र नेपाली काँग्रेस सप्तरीका क्षेत्रिय प्रतिनिधी रहेका प्रधानसहित एक सय १२ जना विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।
- उद्योग बाणिज्य संघ सप्तरीका निवर्तमान अध्यक्ष समेत रहेका प्रधान केही दिन अघि मात्र आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष चयन भएका हुन् ।
- बुधवार राजविराज स्थित जिल्ला समन्वय समितीको सभाकक्षमा जसपा सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव एवं संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले उनीहरुलाई अबिर माला लगाएर पार्टीमा स्वागत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया