जसपाको समानान्तर कमिटि तमलोपामा समाहित

राजविराज राजविराज
|
बिहिबार, चैत्र १७, २०७८
|
|
१३२ पटक हेरिएको
Shares
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित

सारांश

  •     पन्द्र दिन अघि सप्तरीमा गठन भएको उक्त समानान्तर कमिटिका अध्यक्ष जिवछ यादवको नेतृत्वमा ६ पदाधिकारीसहित ५१ सदस्यीय कमिटि तमलोपामा समावेश गरेको हो ।
  •       तत्कालिन राजपाको अध्यक्ष मण्डलका सदस्य तथा एक पल्ट संयोजकको जिम्मेवारी समेत पाएका यादवले समायोजनाका क्रममा आफ्नो समूहलाई वेवास्ता गरेको भन्दै जसपाको नयाँ जिल्ला कमिटि बिरुद्ध गत फागुन २६ गते समानान्तर कमिटि गठन गरेका थिए ।
  •       बिहीबार तमलोपाद्वारा राजविराजमा आयोजित पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रममा उनको नेतृत्वको कमिटिसँगै अन्य विभिन्न पार्टी परित्याग गरि १ सय ११ जना प्रवेश गरेको तमलोपाका केन्द्रिय सदस्य रामपृत यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
    जनता समाजवादी पार्टी (जसपा) को समानान्तर जिल्ला कमिटि बिहीबार तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा समावेश भएको छ । 
    पन्द्र दिन अघि सप्तरीमा गठन भएको उक्त समानान्तर कमिटिका अध्यक्ष जिवछ यादवको नेतृत्वमा ६ पदाधिकारीसहित ५१ सदस्यीय कमिटि तमलोपामा समावेश गरेको हो । 
    तत्कालिन राजपाको अध्यक्ष मण्डलका सदस्य तथा एक पल्ट संयोजकको जिम्मेवारी समेत पाएका यादवले समायोजनाका क्रममा आफ्नो समूहलाई वेवास्ता गरेको भन्दै जसपाको नयाँ जिल्ला कमिटि बिरुद्ध गत फागुन २६ गते समानान्तर कमिटि गठन गरेका थिए । 
    बिहीबार तमलोपाद्वारा राजविराजमा आयोजित पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रममा उनको नेतृत्वको कमिटिसँगै अन्य विभिन्न पार्टी परित्याग गरि १ सय ११ जना प्रवेश गरेको तमलोपाका केन्द्रिय सदस्य रामपृत यादवले जानकारी दिए । 
    नवप्रवेशीहरुलाई प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष बृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. बिजयकुमार सिंह, केन्द्रिय सदस्य मदनप्रसाद सिंह, असगर अली, ब्रजकुमार सिंह लगायतले अबिर र माला लगाएर स्वागत गरे । 
    कार्यक्रममा अध्यक्ष लालले मधेश केन्द्रित दल तथा तीनका नेतृत्वमाथी जनताको एजेन्डालाई थाम्न नसकेको आरोप लगाउँदै जनताले दिएको अभिमतलाई सत्ता सहभागिताको सिढीं बनाउन मात्र उपयोग गरेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान
गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान
कात्तिक २१ देखी सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता
कात्तिक २१ देखी सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए
दादुरा रूवेला खोप अभियान फागुन १ देखी 
दादुरा रूवेला खोप अभियान फागुन १ देखी 
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित