दैनिक समाचारदाता
राजविराज, ५ बैशाख ।
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले नेपाली कांग्रेस सप्तरीको उपसभापतिमा रामकुमार यादवलाई निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र दिएपछि उनले सोमबार पदभार ग्रहण गरेका छन् ।
पुनः गणनामा एक मतले निर्वाचित भएका यादवलाई सोमबार जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति रामदेव साहले पदभार ग्रहण गराएका हुन् ।
पदस्थापन कार्यक्रममा सभासद् रञ्जित कर्ण, क्षेत्र नम्बर ४ का सभापति सिताराम साह, प्रदेश क्षेत्रीय सभापति उमेश मिश्र, राजविराज नगर सभापति आनन्द झा, यूवा नेता मो. इर्साद अन्सारीलगायतको उपस्थिति रहेको थियो ।
संस्थापन पक्षका रामप्रसाद मण्डलसँग ६ मतले पराजित भएका भनिएका निकटतम प्रतिद्वन्दी डा.शेखर कोईराला पक्षका राम कुमार यादव मतगणनामा धाँधली भएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितीमा पुर्नयोगका लागी उजुरी दिएका थिए । यादवको उजुरीपछि छानवीन शुरु गरेका केन्द्रीय निर्वाचन समितीले मतगणनामा प्रयोग गरिएका रजिष्टर र मतगणना सिट जाँच गर्दा मण्डलको १ हजार ५२ र यादवको १ हजार ५३ मत देखीएको भन्दै यादव १ मतले विजयी भएको ठहर गरेको हो ।
यसअघि केन्द्रीय निर्वाचन समितिले गरेको निर्णयको भत्र्सना गर्दै संस्थापन पक्षले उक्त निर्णय बदरको माग गरेको छ । निर्णय बदर नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।
केन्द्रीय निर्वाचन समितिले रामप्रसाद मण्डलको नाममा जारी भएको नेपाली कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्चाचित भएको प्रमाण पत्र रद्द गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित भएका यादवको नाममा उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरेको हो ।
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण
सारांश
- पुनः गणनामा एक मतले निर्वाचित भएका यादवलाई सोमबार जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति रामदेव साहले पदभार ग्रहण गराएका हुन् ।
- पदस्थापन कार्यक्रममा सभासद् रञ्जित कर्ण, क्षेत्र नम्बर ४ का सभापति सिताराम साह, प्रदेश क्षेत्रीय सभापति उमेश मिश्र, राजविराज नगर सभापति आनन्द झा, यूवा नेता मो.
- इर्साद अन्सारीलगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया