दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
शुक्रबारदेखी सुरु भएको एसइई परिक्षाको पहिलो दिन सप्तरीमा ९ हजार ३१ विद्यार्थीहरुको सहभागिता रहको छ ।
विगत दुई वर्षदेखी कोरोनाका कारण विद्यालयकै मुल्याङकनको आधारमा सम्पन्न हुँदै आएको एसइई परिक्षा यसपल्ट दुई वर्ष पहिले जस्तै भौतिक उपस्थितिका बीच सुरु भएको छ ।
जिल्लाभरका ३५ परिक्षा केन्द्रमा ९ हजार ३१ विद्यार्थी सहभागि भएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।
परिक्षाको पहिलो दिन डाक्नेश्वरी नगरपालिकास्थित पातो परिक्षा केन्द्रमा मर्यादा विपरित काम गरेवापत एक जना निरिक्षक कारवाहीमा परेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख बिजय मण्डलले जानकारी दिएका छन् ।
यसैक्रममा पहिलो दिन मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले जिल्लाका आधा दर्जन परिक्षा केन्द्रको अनुगमन गरेका छन् । शान्तिपूर्ण तथा मर्यादित ढंगले परिक्षा संचालन भइरहेकोमा सन्तुष्टि व्यक्त गर्दै मन्त्री साहले २०२८ सालदेखी टालटुल गर्दै चल्दै आएको सामान्य शिक्षालाई रुपान्तरण गरेर रोजगारी र उत्पादनसँग जोड्न आफू लागिपरेको बताए ।
मन्त्री साहले शिक्षामा देखिएका चुनौती शिक्षक र अभिभावकबाट मात्र पार नलाग्ने भएकाले यसमा सरकारको पनि उत्तिकै भूमिका रहने र यसका लागि आफूले श्रोत साधन र क्षमताले भ्याएसम्म काम गरिरहेको बताए ।
उनले शिक्षामा अझै धेरै सुधारको सम्भावना रहेको जिकिर गर्दै यसलाई उकास्न आधारभूत शिक्षामा रोजगारी, सीप र उत्पादनसँग जोड्ने तयारी भइरहेको बताए ।
सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि
सारांश
- विगत दुई वर्षदेखी कोरोनाका कारण विद्यालयकै मुल्याङकनको आधारमा सम्पन्न हुँदै आएको एसइई परिक्षा यसपल्ट दुई वर्ष पहिले जस्तै भौतिक उपस्थितिका बीच सुरु भएको छ ।
- जिल्लाभरका ३५ परिक्षा केन्द्रमा ९ हजार ३१ विद्यार्थी सहभागि भएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।
- परिक्षाको पहिलो दिन डाक्नेश्वरी नगरपालिकास्थित पातो परिक्षा केन्द्रमा मर्यादा विपरित काम गरेवापत एक जना निरिक्षक कारवाहीमा परेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख बिजय मण्डलले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया