पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 

राजविराज राजविराज
|
आइतबार, बैशाख ११, २०७९
|
|
२५ पटक हेरिएको
Shares
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 

सारांश

  •     पहिलो दिन सप्तरीको १८ वटै स्थानिय तहहरुमा २० जना प्रमुख÷अध्यक्ष पदमा तथा ११ जनाले उपप्रमुख÷उपाध्यक्ष पदमा विभिन्न पार्टी एवं स्वतन्त्रबाट मनोनयन पत्र दर्ता गराएका छन् ।
  •       जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीबाट बिरेन्द्र माझी र नेपाल  विवेकशिल पार्टीबाट माधव कुमारले प्रमुख पदमा मनोननय दर्ता गराएका छन् ।
  •       यस्तै सुरुङ्गा नगरपालिकामा नेकपा एसबाट रामनारायण चौधरी, शम्भुनाथमा उम्देश्वर साहले प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 
    यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी आईतवार पहिलो दिन विभिन्न राजनीतिक दलहरुले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । 
    पहिलो दिन सप्तरीको १८ वटै स्थानिय तहहरुमा २० जना प्रमुख÷अध्यक्ष पदमा तथा ११ जनाले उपप्रमुख÷उपाध्यक्ष पदमा विभिन्न पार्टी एवं स्वतन्त्रबाट मनोनयन पत्र दर्ता गराएका छन् । 
    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीबाट बिरेन्द्र माझी र नेपाल  विवेकशिल पार्टीबाट माधव कुमारले प्रमुख पदमा मनोननय दर्ता गराएका छन् । 


    यस्तै सुरुङ्गा नगरपालिकामा नेकपा एसबाट रामनारायण चौधरी, शम्भुनाथमा उम्देश्वर साहले प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् । विष्णपुरमा जसपाबाट उमेश प्रसाद साह र लोसपाबाट सुरेन्द्र प्रसाद यादवले अध्यक्ष पदमा मनोनयन दर्ता गराए । 
    बलानबिहुल गाउँपालिकामा जनतमका खेमचन्द्र यादवले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । त्यस्तै रुपनी गाउँपालिकामा जसपाबाट निवर्तमान अध्यक्ष हरेराम यादवले पनि अध्यक्ष पदमा उम्मेदवार दर्ता गराए भने विवेकानन्द यादवले स्वतन्त्रबाट उपाध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै राजविराजमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख पदमा उमेश प्रसाद साह र उपप्रमुख पदमा सरिता झाले उम्मेदवारी दर्ता गराएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट नगर प्रमुख पदमा दिपेन्द्र चौधरी तथा उपप्रमुख पदमा निवर्तमान उपप्रमुख साधना झाले उम्मेदवारी दर्ता गराए । राजविराजमै स्वतन्त्रबाट मोहनकुमार रामले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।   


    यता महादेवा गाउँपालिमा लोसपाबाट सुनिल कुमार मण्डल तथा नेकपा एसबाट मो. हजरत मियाँले अध्यक्ष पदमा तथा स्वतन्त्रबाट पुजा शुक्ला र लोसपाबाट अर्चना कुमारी यादवले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।   
    जिल्लाकै बोदेबरसाइन नगरपालिकामा जनमत पार्टीबाट थानेश्वर प्रसाद साह तथा लोसपाबाट अमरेन्द्र प्रसाद यादवले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् भने लोसपाबाटै ममता कुमारी साहले उपप्रमुखमा उम्मेदवारी दिएकी छिन् । 


    तिलाठी कोइलाडीमा जनमतबाट संगिताकुमारी मण्डलले उपाध्यक्षमा मनोनयन दर्ता गारएकी छिन् । यस्तै तिरहुतमा जनमतकै विष्णुप्रसाद यादवले अध्यक्षमा मनोनयन दर्ता गराए । यसैगरि खडक नगरपालिकामा जनमतकै सुरतलाल साहले प्रमुख तथा मंजुदेवी चौधरीले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । 


    कंचनरुप नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिनेश्वर यादवले प्रमुख तथा जनमतबाट सम्झना रानाले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् भने अग्निसाइर कृष्णासवरण गाउँपालिकामा जनमतबाट ललितकुमार यादवले प्रमुख पदमा उम्मेदवारी दर्ता गराए । 
    यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिकामा निर्वतमान जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादवले लोसपा परित्याग गरि जनता प्रगतिशिल पार्टीबाट अध्यक्ष पदमा मनोननय दर्ता गराएका छन् । सोही पार्टीबाट उपाध्यक्ष पदमा बबिताकुमारी साहले मनोनयन दर्ता गराएकी छिन् । सो गाउँपालिकामा जनमत पार्टीबाट भुवनेश्वर मण्डल (बेलचन)ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने लोसपाबाट विद्यानन्द चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्  । सोही पार्टीबाट उपाध्यक्षमा निर्वतमान उपाध्यक्ष उषाकुमारी मण्डलले समेत मनोनयन दर्ता गराइन् । 
    जिल्लाका अन्य पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट सबै तथ्याङ्क आईनसकेकाले संख्या अझै थपिने मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । ९ गाउँपालिका र ९ नगरपालिका गरी १८ स्थानीयतहमा उत्साहपुर्वक र शान्तिपुर्ण ढंगले मनोनयन भएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए । 
    नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा) नेकपा एकिकृत समाजवादी, जनमत पार्टी, जनता प्रगतिशील पार्टी, तमलोपा लगायत पार्टीका उम्मेदवारले सोमवार मात्र उम्मेदवारी दर्ता गराउने भएकाले सो संख्या चार गुणा बढी पुग्ने अनुमान गरिएको छ । 
    विहान १० बजे देखी साँझ ५ बजे सम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । ४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेका स्थानीयतहको निर्वाचनका लागी जिल्लामा ५ सय ३६ मतदान केन्द्र कायम गरीएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपिएलका लागि अक्सनबाट खेलाडी छनौट सम्पन्न
एसपिएलका लागि अक्सनबाट खेलाडी छनौट सम्पन्न
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
हात्तिद्वारा तरकारी खेती नष्ट
हात्तिद्वारा तरकारी खेती नष्ट
कृषि विश्वविद्यालयमा तालाबन्दी
कृषि विश्वविद्यालयमा तालाबन्दी
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग