निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह

राजविराज राजविराज
|
मंगलबार, जेठ ३१, २०७९
|
|
३३ पटक हेरिएको
Shares
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह

सारांश

  •     जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीद्वारा जारि सूचनामा असार १ देखि शुरु हुने मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरिएको हो ।
  •     जारि सूचनामा नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोर परेको नाम हटाउन निवेदन दिन र पुरानो परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको ब्यक्तिले समेत नाम दर्ता गराउन हुन आग्रह गरिएको छ ।
  •       त्यस्तै सुचनामा अन्य जिल्ला स्थायी ठेगाना भई यस जिल्लामा पेशा, ब्यबसायको कारणले बसोबास गरिरहेको व्यक्तिले आफ्नो जिल्लाको स्थायी ठेगनामा नाम दर्ता गराउनको लागि अनुरोध गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
    जिल्ला निर्वाचन कार्यालय सप्तरीले मंगलबार एक सूचना जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ । 
    जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीद्वारा जारि सूचनामा असार १ देखि शुरु हुने मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरिएको हो ।
    जारि सूचनामा नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोर परेको नाम हटाउन निवेदन दिन र पुरानो परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको ब्यक्तिले समेत नाम दर्ता गराउन हुन आग्रह गरिएको छ । 
    त्यस्तै सुचनामा अन्य जिल्ला स्थायी ठेगाना भई यस जिल्लामा पेशा, ब्यबसायको कारणले बसोबास गरिरहेको व्यक्तिले आफ्नो जिल्लाको स्थायी ठेगनामा नाम दर्ता गराउनको लागि अनुरोध गरिएको छ ।
    असार १ गतेदेखि प्रारम्भ हुने कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरी, ईलाका प्रशासन कार्यालय कंचनपुर र बोदेबर्साईनबाट मतदाता नामावली दर्ता गर्न सकिने सुचना जनाएको छ । 
    मतदाता नामावली दर्ता गराउन सकल नागरिकताको प्रमाण र प्रतिलिपी, महिलाको हकमा बिबाह भन्दा पहिले नागरिकता लिएको भए नागरिकता र विबाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी, नागरिकताको ठेगाना भन्दा अन्यत्रबाट बसाईसरि आए गएको हकमा नगरिकता र बसाईसराईको प्रमाणपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
    यसैगरी ठेगाना परिवर्तनका लागि मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, हाल ठेगाना परिवर्तन गर्न लागेको ठाउँको बसाई सराई लगायतका अन्य कागत चाहिने जनाएको छ । नागारिकताको सकलै प्रमाणपत्र अनिवार्य गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा जारी सूचना उल्लेख गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्भवती र सुत्केरी महिलाका  लागि निःशुल्क एम्बुलेन्स सेवा
गर्भवती र सुत्केरी महिलाका  लागि निःशुल्क एम्बुलेन्स सेवा
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
सम्मानजनक जिम्मेवारीका लागि जोड
सम्मानजनक जिम्मेवारीका लागि जोड
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
सेनाले बिपद् ब्यबस्थापन बारे पूर्वअभ्यास गराउँदै 
सेनाले बिपद् ब्यबस्थापन बारे पूर्वअभ्यास गराउँदै 
शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै 
शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै