नामावलीमा धांधली भएको भन्दै अध्यक्ष कार्यकक्षमा तालाबन्दी 

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १०, २०७९
|
|
३२ पटक हेरिएको
Shares
नामावलीमा धांधली भएको भन्दै अध्यक्ष कार्यकक्षमा तालाबन्दी 

सारांश

  •     बास्तविक पीडित भन्दा आसेपासे र जनप्रतिनिधि समेतलाई उक्त सहयोग राशीका लागि सिफारिस गरिएको भन्दै राजविराज वडा नं.
  • ४ का आक्रोसित स्थानियले वडा अध्यक्ष दिनेशप्रसाद साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
  •       वडा कार्यालय अगाडी प्रदर्शनमा उत्रेका सोही वडाका वासिन्दाहरुले कोराना महामारीको प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा संगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब परिवारलाई राहतस्वरुप उपलब्ध गराउन राजविराज नगरपालिका कार्यालयलाई सिफारिस गरिएका नामावलीमा व्यापक त्रृटी रहेको दाबी गर्दै सोको छानबिन गरि त्रृटी सच्याउनु पर्ने माग गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० भदौ ।

    कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारका लागि सरकारबाट प्राप्त सहयोग राशीको बितरण प्रक्रियामा धांधली भएको भन्दै शुक्रबार वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ । 
    बास्तविक पीडित भन्दा आसेपासे र जनप्रतिनिधि समेतलाई उक्त सहयोग राशीका लागि सिफारिस गरिएको भन्दै राजविराज वडा नं. ४ का आक्रोसित स्थानियले वडा अध्यक्ष दिनेशप्रसाद साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 
    वडा कार्यालय अगाडी प्रदर्शनमा उत्रेका सोही वडाका वासिन्दाहरुले कोराना महामारीको प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा संगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब परिवारलाई राहतस्वरुप उपलब्ध गराउन राजविराज नगरपालिका कार्यालयलाई सिफारिस गरिएका नामावलीमा व्यापक त्रृटी रहेको दाबी गर्दै सोको छानबिन गरि त्रृटी सच्याउनु पर्ने माग गरेका छन् । 
    उनीहरुले वडा अध्यक्ष साहले सहयोग राशीका लागि सिफारिस गरेको नामावली विवरणमा वडा सदस्यमा निर्वाचित भएका देखी एकै परिवारका तीन÷तीन जनासम्म समावेश गरिएको बताएका छन् । 
    यसअघिका वडा अध्यक्ष अख्तर अली बाबाले गरेको सिफारिसलाई उल्टयाई नर्वनिर्वाचित वडा अध्यक्ष साहले मनपरी ढंगले नयाँ नामावली तयार गरेको तथा बास्तविक पीडितमाथी अन्याय भएको पीडित महिला रधियादेवीको भनाई छ । 
    वडा अध्यक्ष साहले अघिल्लो वडा अध्यक्षले गरेको सिफारिसमा एउटै परिवारका दुई जनासम्मको नाम परेकाले नामावलीमा केही संशोधन गरेको बताए । ५३ जनाको नाम मात्र सिफारिस गर्नुपर्ने ठाउँमा ५ सय जनाको आवेदन परेको भन्दै उनले यदी केही त्रृटी रहेछ भने वाडको बोर्ड बैठकमार्फत सच्याउने जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन
सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन
लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज  सेवा र महसुल काउण्टर स्थापना
लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज  सेवा र महसुल काउण्टर स्थापना
योग दिवसमा योगाभ्यास र प्रभातफेरी
योग दिवसमा योगाभ्यास र प्रभातफेरी
राजबिराज च्याम्पस पहिलो च्याम्पियन 
राजबिराज च्याम्पस पहिलो च्याम्पियन 
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो 
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो 
विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट हुँदैन ः एसपी मनोज यादव 
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी