प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप

राजविराज राजविराज
|
शनिबार, भाद्र ११, २०७९
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप

सारांश

  •     नेकपा (माओवादी केन्द्र) भित्रको आन्तरिक संघर्षलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचन अगामी मंसिर ४ गतसम्मको लागी पार्टी भित्रको संघर्षलाई थाती राखी निर्वाचनमा सक्रियताका साथ एक जुट भएर लाग्न नेता, कार्यकर्तालाई उनले आग्रह पनि गरे ।
  •       संगठनका संयोजक कृष्णकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यकममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा शिक्षा राज्यमन्त्री बोधमाया यादव, पार्टीका केन्द्रिय सदस्य तथा मधेश प्रदेश गृह तथा संचार राज्यमन्त्री रुबी कुमारी कर्ण, विष्णु खनाल, उमेश लम्साल, महेश गजमेर, डा.
  • सुशिल कुमार कर्ण लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

    राजविराज÷नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणी पोखरेलले तत्कालिन नेकपा एकताबाट ओली प्रधानमन्त्रि बन्न कै लागी मात्र एकता गरेको आरोप लगाएका छन् ।  
    राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पसमा शनिवार नेपाल राष्ट्रिय प्राध्यापक संगठन मधेश प्रदेशको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले सो आरोप लगाएका हुन् । 
    उनले राजनीतिक मुद्दामा सर्वोच्च अदालतले हात हालेर नेकपा पार्टी फुटाएको आरोप समेत लगाउदै ओलीको सरकारले नै विधेयकको रुपमा ल्याएको नागरिकता सम्बन्धित वर्तमान विधेयकमा अप्रवाशिकको हकमा मात्र थप प्रावधान राखेको बताए । 
    नेकपा (माओवादी केन्द्र) भित्रको आन्तरिक संघर्षलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचन अगामी मंसिर ४ गतसम्मको लागी पार्टी भित्रको संघर्षलाई थाती राखी निर्वाचनमा सक्रियताका साथ एक जुट भएर लाग्न नेता, कार्यकर्तालाई उनले आग्रह पनि गरे ।  
    संगठनका संयोजक कृष्णकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यकममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा शिक्षा राज्यमन्त्री बोधमाया यादव, पार्टीका केन्द्रिय सदस्य तथा मधेश प्रदेश गृह तथा संचार राज्यमन्त्री रुबी कुमारी कर्ण, विष्णु खनाल, उमेश लम्साल, महेश गजमेर, डा. सुशिल कुमार कर्ण लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए । 
    सो अवसरमा नेकपा (माओवादी केन्द्र) का स्थायी सदस्य तथा पुर्व मन्त्रि विश्वनाथ साह, नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्रि उमेश यादव, पार्टीका पोलिटब्युरो सदस्य तथा  सप्तरी जिल्ला ईन्चार्य अशोक मण्डल, केन्द्रिय सदस्य सुर्यनाथ यादव, मधेश प्रदेश पुर्व सदस्य महेश यादव, भागवत यादव, अनेकि महासंघका हरी नारायण महतो, पत्रकार देवराम यादव लगायतको उपस्थिती रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा रक्तदान 
नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा रक्तदान 
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
एक बर्षको अवधिमा १ सय ४९  जना फरार अपराधी पक्राउ
एक बर्षको अवधिमा १ सय ४९  जना फरार अपराधी पक्राउ
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
आगो निभाउने क्रममा महिला घाइते
आगो निभाउने क्रममा महिला घाइते