‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’

राजविराज राजविराज
|
मंगलबार, आश्विन ४, २०७९
|
|
२४ पटक हेरिएको
Shares
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’

सारांश

  •     उनले मंगलबार पत्रकार सम्मेलन गर्दै छोरालाई कुटीकुटी मारिदिएको ४ महिनाबढी भइसकेको भन्दै यस्तो गुनासो गरेका हुन् ।
  • ‘प्रहरीले तदारुकता नदेखाउँदा घटनामा संलग्न ८ जनामध्ये अझैंसम्म १ जनालाई मात्र पक्राउ गरिएको छ’ उनले भने, ‘एकातर्फ पक्राउ परेको ती व्यक्तिलाई छोड्नसक्ने गाउँलेहरुले भनिरहेका छन् भने अर्कोतर्फ अन्य ७ जनालाई प्रहरीले अझैंसम्म पक्राउ गर्न सकेको छैन् ।
  • ’     उनले प्रहरीले तदारुकता नदेखाउँदा न्याय नपाउने आशंका बढ्दै गएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ४ असोज । 

    सप्तरीको खडक नगरपालिका–४ पंसेराका ६७ वर्षीय रामअशिष पासवानले छोराको हत्यारालाई पक्राउ गर्न प्रहरीले चासो नदिएको गुनासो गरेका छन् ।
    उनले मंगलबार पत्रकार सम्मेलन गर्दै छोरालाई कुटीकुटी मारिदिएको ४ महिनाबढी भइसकेको भन्दै यस्तो गुनासो गरेका हुन् । ‘प्रहरीले तदारुकता नदेखाउँदा घटनामा संलग्न ८ जनामध्ये अझैंसम्म १ जनालाई मात्र पक्राउ गरिएको छ’ उनले भने, ‘एकातर्फ पक्राउ परेको ती व्यक्तिलाई छोड्नसक्ने गाउँलेहरुले भनिरहेका छन् भने अर्कोतर्फ अन्य ७ जनालाई प्रहरीले अझैंसम्म पक्राउ गर्न सकेको छैन् ।’
    उनले प्रहरीले तदारुकता नदेखाउँदा न्याय नपाउने आशंका बढ्दै गएको बताए । ‘गत वैशाख १२ गते राति छिमेकी रामचन्द्र पासवानकी छोरीको विहे थियो । जन्तीसँगै आएको डिजे बाजामा छिमेकी थारु (चौधरी) केटाहरु दारु खाएर नाचिरहेका थिए’ उनले भने, ‘ती केटाहरु आफ्नी नातिनीहरुलाई चिस्काउन थालेपछि मेरो छोरो सन्तलाल पासवानले त्यसो नगर्न आग्रह गरे, तत्काल उनीहरु पनि त्यहाँबाट गए । पछि केटाहरुको ग्याङ नै लिएर उनीहरु फर्किए र आफ्नै आँखा अगाडी छोरालाई अन्धाधुन्ध कुटपिट गर्न थाले ।’
    २७ वर्षीय छोरा सन्तलाललाई बचाउने प्रयास गर्न लाग्दा आफुलाई हिर्काएर लडाइदिएको दुखेसो गरे । ‘पछि होस आउदा कुटपिटबाट छोरा गम्भिर घाइते भएपछि हस्पिटल लगेको रैंछ भनेर थाहा पाए र त्यसको भोली पल्ट (वैशाख १४ गते) उपचारकै क्रममा नोबेल अस्पताल विराटनगरमा छोराको मृत्यु भयो’ उनले भने, ‘न्यायको लागि पुलिस प्रशासनदेखि अदालतसम्म चौतर्फी गुहार गर्दै आइरहेका छौं तर अझैंसम्म न्याय भने पाएका छैनौं, न्याय नपाउदै मर्ने हो कि भन्ने चिन्ताले सताएको छ ।’
    उनका अनुसार घटनामा दिलीप चौधरी, विवेक चौधरी,सुशान्त चौधरी, गोविन्द चौधरी, दिनेश चौधरी, नविन चौधरी, राजु चौधरी, धनश्याम चौधरी संलग्न छन् । उनले छोरा सन्तलालको मृत्यु भएकै दिन दिलिप चौधरीलाई पक्राउ गरिए पनि अन्यलाई प्रहरीले पक्राउ नगरेको गुनासो गरे । ‘अन्यलाई कहिले पक्राउ गर्ने? र आफुहरुले न्याय कहिले पाउने?’ उनले भने, ‘बुढेसकालमा छोरा गुमाउनुको पीडा कसैले बुझेकै छैन्, गर्भवति बुहारी र २ वर्षीया नातिनीलाई हेर्दा जहिले छोराकै सम्झना आइरहन्छ, रात–रातभरि निन्द्रा नै लाग्दैन् ।’
    रामअशिषसँगै पत्रकार सम्मेलनमा आएकी उनी पत्नी (मृतक सन्तलालकी आमा) ६० वर्षीया श्यामवति देवीले न्यायको लागि पहल गरिदिन सबैमा आग्रह गरेकी छन् । 
    उता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा दुई लाख भन्दा बढीको क्षति
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति  बिरुद्ध व्यवसायीहरु आन्दोलित 
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति  बिरुद्ध व्यवसायीहरु आन्दोलित 
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
खाद्य स्वच्छता कायम गर्न होटलहरुमा अनुगमन तथा स्तरिकरण स्टिकर टाँस
खाद्य स्वच्छता कायम गर्न होटलहरुमा अनुगमन तथा स्तरिकरण स्टिकर टाँस
भरुवा बन्दुकसहित दुई पक्राउ   
भरुवा बन्दुकसहित दुई पक्राउ   

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह