क्षेत्र नं. ३ को २ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने 

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २४, २०७९
|
|
९३ पटक हेरिएको
Shares
क्षेत्र नं. ३ को २ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने 

सारांश

  •     यस जिल्लामा चार वटा प्रतिनिधिसभा तथा ८ वटा प्रदेशसभा सदस्य पदका लागि निर्वाचनज हुँदैछ ।
  • विशेष गरि यहाँ दुई वटा गठबन्धनका उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।
  • सत्तारुढ दलको गठबन्धनमा नेपाली काँग्रेस, माओवादी, नेकपा एस, लोसपा र जनमोर्चा समाहित छन् भने अर्को गठबन्धन हो एमाले–जसपाको ।

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक । 

    निर्वाचनको मिति नजिकिदै जाँदा सप्तरीमा पनि चुनावी सरगर्मी निकै बढेको छ । मौसम चिसिदै गएको बेला चुनावी माहोलले भने यहाको महोल निकै तताएको हो ।  
    यस जिल्लामा चार वटा प्रतिनिधिसभा तथा ८ वटा प्रदेशसभा सदस्य पदका लागि निर्वाचनज हुँदैछ । विशेष गरि यहाँ दुई वटा गठबन्धनका उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिएका छन् । सत्तारुढ दलको गठबन्धनमा नेपाली काँग्रेस, माओवादी, नेकपा एस, लोसपा र जनमोर्चा समाहित छन् भने अर्को गठबन्धन हो एमाले–जसपाको । यस्तै जनमत पार्टी एक्लै चुनावी मैदानमा छन् ।
    अहिले यी दुबै गठबन्धनका उम्मेदवार चुनावी माहोलमा बढी हावी हुनु स्वभाविक हो । तर यस बाहेक अर्को स्वतन्त्र र पार्टीबाट टिकट नदिएपनि पार्टी कै चुनाव चिन्ह लिएर उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । यी उम्मेदवारहरु आफ्नो व्यक्तिगत छवी तथा विगतमा कुनै न कुनै पार्टीमा रहेर गरेको समाजसेवाको प्रभावका कारण चुनावी मैदानमा छन्ष्स् । चुनावी मैदानमा उनीहरु दुबै गठबन्धनका उम्मेदवारलाई कडा टक्कर दिने अवस्थामा पुगेका छन् । 
    सप्तरीको क्षेत्र नं. ३ को प्रदेशसभा २ बाट सत्तारुढ गठबन्धनका एक दल लोसपाका उम्मेदवारको रुपमा रहेका गजेन्द्र मण्डल पार्टीकै चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् । उक्त क्षेत्रमा सत्तारुढ गठबन्धन दल नेपाली काँग्रेसले प्रतिनिधि र दुबै प्रदेशसभा क्षेत्रको टिकट पाएको छ । हुन् त लोसपाले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार नरहेको स्पष्ट पार्दै आएपनि निर्वाचन आयोगले मण्डललाई लोसपा पार्टी र साइकल छाप नै प्रदान गरेको छ । 
    यस प्रदेशसभा क्षेत्रमा सत्तारुढ पाँच दलिय गठबन्धनका साँझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसका भगवती यादव र नेकपा एमाले–जसपाका साँझा उम्मेदवारका रुपमा विदेश्वर यादव (बिक्की) चुनावी प्रतिस्पर्धामा छन् । विदेश्वर यस क्षेत्रका वर्तमान प्रदेशसभा सदस्य समेत हुन् । भगवती यादव दोश्रो पटक यस प्रदेशसभाबाट उम्मेदवारी दिएका छन् । यस अघि उनी विदेश्वरबाटै पराजित भएका थिए । यसरी हेर्दा दुबै गठबन्धनका उम्मेदवार विदेश्वर र भगवतीलाई लोसपाका नेता गजेन्द्र मण्डलले कडा टक्कर दिने आंकलन गरिएको छ । 
    यता दुबै गठबन्धन, लोसपा र जनमत पार्टीका उम्मेदवारहरु घरदौलो कार्यक्रमलाई तिब्रता दिएका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश यादव, एमाले–जसपा गठबन्धनका तर्फबाट एमालेका ताराकान्त चौधरी, लोसपाबाट लक्ष्मीकान्त मण्डल र जनमत पार्टीबाट अनिस अन्सारी चुनावी प्रतिस्पर्धामा रहेका छन् । 
    उक्त प्रतिनिधि सभा क्षेत्र अन्तरगत पाँच पालिका पर्दछन् । जसमा डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, शम्भुनाथ नगरपालिका र रुपनी गाउँपालिका छन् । हालै सम्पन्न स्थानियतह निर्वाचनमा पाँच मध्ये दुई पालिका डाक्नेश्वरी र राजगढमा नेकपा एमाले, विष्णुपुर गाउँपालिकामा जसपा, शम्भुनाथ नगरपालिकामा नेकपा एस र रुपनी गाउँपालिकामा लोसपाले प्रमुख पद जित हात पारेको छ । 
    जिल्लाको दक्षिण र उत्तरतर्फ सीमा जोडिएको यस क्षेत्रको भौगोलिक अवस्था पनि निकै रोचक छ । दक्षिणमा भारतसँग सीमा टासिएको डाक्नेश्वरी र राजगढ तथा उत्तरमा राजमार्ग अन्तरगत दुई पालिका शम्भुनाथ र रुपनी र एक पालिका सदरमुकाम राजविराजसँगै जोडिएको छ । विगतको स्थानिय तह निर्वाचनमा यस क्षेत्रबाट तीन पालिकामा नेपाली काँग्रेस र दुई पालिकामा लोसपाले प्रमुख पदमा जित हात पारेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु