गाँजा खेती फडानी गर्दै प्रहरी

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १६, २०७९
|
|
६४ पटक हेरिएको
Shares
गाँजा खेती फडानी गर्दै प्रहरी

सारांश

  •     गाँजा खेती हुने गरेको सुचनाका आधारमा पुगेको प्रहरी टोलीले जिल्लाको विभिन्न पालिकाबाट ३ हजार ८ सय ५४ बोट फडानी गरेको हो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डिएसपी नरेश कुमार सिंहका अनुसार जिल्लाको राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, राजगढ गाउँपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको विभिन्न वडामा लगाइएको उक्त परिमाणको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।
  •       जिल्लाको खोजी टोलीले गाँजा खेती भइरहेको स्थानको पहिचान गरिसकेपछी थप प्रहरी टोली खटाई अवैध गाँजा फडानी गर्ने गरिएको उनले जानकारी दिएका छन ।

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।

    सप्तरी प्रहरीले चार महिनाको अवधीमा ३ हजार भन्दा बढी गाँजाको बोट फँडानी गरेको छ । 
    गाँजा खेती हुने गरेको सुचनाका आधारमा पुगेको प्रहरी टोलीले जिल्लाको विभिन्न पालिकाबाट ३ हजार ८ सय ५४ बोट फडानी गरेको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डिएसपी नरेश कुमार सिंहका अनुसार जिल्लाको राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, राजगढ गाउँपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको विभिन्न वडामा लगाइएको उक्त परिमाणको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । 
    जिल्लाको खोजी टोलीले गाँजा खेती भइरहेको स्थानको पहिचान गरिसकेपछी थप प्रहरी टोली खटाई अवैध गाँजा फडानी गर्ने गरिएको उनले जानकारी दिएका छन । 
    अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा प्रहरीले जिल्लाको विभिन्न स्थानमा अबैधरुपमा लगाइएका ४ हजार ७ सय ५० भन्दा बढी गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?