दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
मंसिर ४ मा सम्पन्न प्रतिनीधीसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका १ सय ७६ जना मध्ये १ सय ३८ जनाको जमानत जफत भएको छ ।
३८ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् । जमानत जफत हुने मध्ये अधिकांस स्वन्तन्त्र र साना दलका उम्मेदवार परेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनीधीसभा र प्रदेशसभा सदस्यका लागी कुल १ सय ७६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जस मध्ये ३८ जनाले मात्र जमानत जोगाएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीका अनुसार चुवानी मैदानमा होमिएका १ सय ७६ मध्ये प्रतिनीधसभा तर्फ ५८ र प्रदेशसभा तर्फ ८० गरी कुल १ सय ३८ जनाले जमानत जोगाउन सकेनन ।
चार प्रतिनीधीसभा क्षेत्र रहेको जिल्लामा प्रतिनीधीसभा तर्फ सबभन्दा बढी क्षेत्र नं.१ मा १७ जनाको जमानत जफत भएको छ । यस्तै ८ प्रदेश सभा क्षेत्र रहेको जिल्लामा सबभन्दा बढी प्रदेशसभा २ को १ र २ मा गरी २५ जनाको जमानत जफत भएको उनले जानकारी दिएका छन् ।
निर्वाचन निर्देशीका अनुसार कुल सदर मतको १० प्रतिशत ल्याएको उम्मेदवारको जमानत मात्रै जोगिने व्यवस्था छ । ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेको जिल्लामा कुल २ लाख ७९ हजार ५ सय ६६ मत खसेको थियो ।
सप्तरीमा १ सय ७६ मध्ये १ सय ३८ को जमानत जफत
सारांश
- ३८ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् ।
- जमानत जफत हुने मध्ये अधिकांस स्वन्तन्त्र र साना दलका उम्मेदवार परेका छन् ।
- जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनीधीसभा र प्रदेशसभा सदस्यका लागी कुल १ सय ७६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया