सगरमाथा साझा यातायातमा शम्भु

राजविराज राजविराज
|
मंगलबार, पौष १२, २०७९
|
|
२१ पटक हेरिएको
Shares
सगरमाथा साझा यातायातमा शम्भु

सारांश

  •     सोमवार संस्थाको.
  • कार्यालय परिसरमा आयोजित प्रथम साधारण सभाले शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समितीको चयन गरेको हो ।
  •       नव गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।

    यातायात व्यवसायीको पेशागत हकहित तथा व्यवस्थित ढंगले यातायात संचालनका लागी गठन भएको सगरमाथा साझा नेपाल यातायात प्रालिको प्रथम साधारण सभाले नयाँ कार्य समितीको चयन गरेको छ । 
    सोमवार संस्थाको. कार्यालय परिसरमा आयोजित प्रथम साधारण सभाले शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समितीको चयन गरेको हो । 
    नव गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् । 
    यस्तै सदस्यहरुमा अशोक साह, अशोक यादव, सत्य नारायण महतो छानिएका छन् । शनीवार नै सम्पन्न पहिलो बैठकले सवारी साधानलाई व्यवस्थित ढंगले संचालन तथा यातायात व्यवसायीको हक हितका लागी विभिन्न ३ बुंदे निर्णय गर्नूका साथै कार्य समितीको रिक्त रहेको सदस्य पदमा अर्जून कुमार गौतमलाई मनोनित गरेको सो प्रालिले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ