मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि

राजविराज राजविराज
|
शुक्रबार, माघ २०, २०७९
|
|
२३ पटक हेरिएको
Shares
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि

सारांश

  •     मधेश सरकारमा सप्तरीबाट दुई जना मन्त्री बनेका छन् ।
  • जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य तथा नेकपा एमालेका राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला मन्त्री भएका छन् ।
  •       यस्तै सुरिताकुमारी साह सामाजिक विकास, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री, सिंहासन कलवार खानेपानी तथा उर्जा विकास र मोहम्मद जयद खाँ आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

दैनिक समाचारदाता
जनकपुर, २० माघ । 

    मधेस प्रदेशमा शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
    मधेश सरकारमा सप्तरीबाट दुई जना मन्त्री बनेका छन् । जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य तथा नेकपा एमालेका राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला मन्त्री भएका छन् ।  

    यस्तै सुरिताकुमारी साह सामाजिक विकास, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री, सिंहासन कलवार खानेपानी तथा उर्जा विकास र मोहम्मद जयद खाँ आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
    शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।
    यता माओवादी केन्द्रले २ वटा मन्त्रालय मागेको थियो । मुख्यमन्त्री सरोज यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर माओवादी तयार नभएपछि सरकारमा सहभागी भएन ।
    शुक्रबार मन्त्रिपरिसद् बिस्तार भएसँगै मधेश प्रदेशमा १० मन्त्री तथा ३ राज्य मन्त्रि भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड
जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड
कारागारमा भोकहड्ताल र नाराबाजी तीन सदस्यीय छानबिन समिति गठन 
कारागारमा भोकहड्ताल र नाराबाजी तीन सदस्यीय छानबिन समिति गठन 
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
विद्यालयमा पोषणयुक्त आहारासँगै जुका  विरुद्धको औषधी र सचेतना दिइदै
विद्यालयमा पोषणयुक्त आहारासँगै जुका  विरुद्धको औषधी र सचेतना दिइदै
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव