भारत सधैं नेपालको विकासका लागि अग्रसर ः भारतीय राजदुत श्रीवास्तव

राजविराज राजविराज
|
शुक्रबार, माघ २०, २०७९
|
|
२२ पटक हेरिएको
Shares
भारत सधैं नेपालको विकासका लागि अग्रसर ः भारतीय राजदुत श्रीवास्तव

सारांश

  •     नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले अस्पताल तथा विद्यालय भवनको एक समारोहबीच उद्घाटन गरेका हुन् ।
  •       भारतीय राजदुत श्रीवास्तावले ती योजनाहरुको उद्घाटन गर्दै भारत सधैं नेपालको विकासका लागि अग्रसर रहेको बताउँदै सप्तरीसहित नेपालको विकासकालागि थप काम अगाडी बढाउने प्रतिबद्धता समेत जनाए ।
  •       करिब दुई दशकअघि सप्तरीमा प्रदान गरेको पाँच वटा विभिन्न योजनाहरुमध्ये राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रसुती भवन र बोरिया तथा ब्रम्हपुर मावि भवनको उदघाटन भएको हो ।

दैनिक समाचारदाता
राजविराज, २० माघ । 

    भारतीय दूताबासको आर्थिक सहयोगमा सप्तरीमा निर्मित अस्पताल तथा विद्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ । 
    नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले अस्पताल तथा विद्यालय भवनको एक समारोहबीच उद्घाटन गरेका हुन् । 
    भारतीय राजदुत श्रीवास्तावले ती योजनाहरुको उद्घाटन गर्दै भारत सधैं नेपालको विकासका लागि अग्रसर रहेको बताउँदै सप्तरीसहित नेपालको विकासकालागि थप काम अगाडी बढाउने प्रतिबद्धता समेत जनाए । 
    करिब दुई दशकअघि सप्तरीमा प्रदान गरेको पाँच वटा विभिन्न योजनाहरुमध्ये राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रसुती भवन र बोरिया तथा ब्रम्हपुर मावि भवनको उदघाटन भएको हो । 
    यता बाँकी रहेको कन्या छात्राबास र कुनौली फत्तेपुर सडकको निर्माण काम अझ अधुरा रहेकाले कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा दुईतर्फी छलफल गरेर अगाडी बढ्ने उनले जनाए । 
    भवन उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिनेशकुमार यादवले भारतीय अनुदानले सप्तरीमा रहेका अधुरा योजनाहरु सम्पन्न गराउन राजदुत श्रीवास्तवसमक्ष आग्रह गर्दै थप योजनाहरु प्रदान गर्न आग्रह गरेका थिए । 
    जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्यद्वय जितेन्द्र नारायण देव, शेखर सिंह, मधेस प्रदेशसभा सदस्यद्वय सकिल मियाँ र किरण साह तथा विभिन्न स्थानीय तहका प्रमुखसहित विभिन्न राजनीतिक दलका प्रमुख तथा स्थानीयहरुको सहभागिता थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?