स्थानिय समाचार

अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ

 चोरी मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । राजविराज नगरपालिका ६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतरलाई प्रहरीले पक्राउ गरेको हो । चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४ गते उनलाई पाँच महिना कैद र रु पाँच हजार जरिवाना ठहर भएको थियो । सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।….