स्थानिय समाचार

२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना

 बि.स. २०५७ सालमा राजविराजमा रहेको यातायात कार्यालयललाई सिरहाको लहानमा सारिएपछि सप्तरीवासीलाई २२ वर्षदेखी सिरहाको लहान धाउनु पर्ने बाध्यताको अन्त भएको छ । सिरहाको लहानबाट यथावत रुपमा सेवा प्रवाह हुँदै रहने र नयाँ शाखाको रुपमा राजविराजमा समेत कार्यालयको मंगलबार उद्घाटन भएको छ ।  मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्र साहले एक कार्यक्रमबीच यस कार्यालयको उद्घाटन गरेका हुन् ।…