अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा

राजविराज राजविराज
|
मंगलबार, बैशाख १७, २०७६
|
|
७२ पटक हेरिएको
Shares
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टको नेतृत्वमा सादा पोशाकमा खटेको प्रहरी टोलीले सीतामढीस्थित शिवहरको एक होटलबाट बालक यादवलाई मंगलबार बिहान ३ बजेतिर सकुशल उद्दार गरेको हो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबारै आयोजित पत्रकार सम्मेलनमा अपहरण मुक्त गराइएका बालकलाई सार्वजनिक गर्दै परिवारको जिम्मा लगाइएको छ ।
  • राजगढ गाउँपालिकास्थित ज्ञान ज्योती बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक यादव बैशाख १३ गते मामाको विवाह गएको बेला अपहरणमा परेको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख । 
    सप्तरीको राजगढ गाउँपालिका ३ बाट गत शुक्रबार अपहरणमा परेका स्थानिय १२ वर्षिय बालक लक्ष्मण यादवलाई सप्तरी प्रहरीले भारतको बिहार राज्य अन्तरगत सीतामढीको शिवहरबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टको नेतृत्वमा सादा पोशाकमा खटेको प्रहरी टोलीले सीतामढीस्थित शिवहरको एक होटलबाट बालक यादवलाई मंगलबार बिहान ३ बजेतिर सकुशल उद्दार गरेको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबारै आयोजित पत्रकार सम्मेलनमा अपहरण मुक्त गराइएका बालकलाई सार्वजनिक गर्दै परिवारको जिम्मा लगाइएको छ । राजगढ गाउँपालिकास्थित ज्ञान ज्योती बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक यादव बैशाख १३ गते मामाको विवाह गएको बेला अपहरणमा परेको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए ।  
    पिसाब गर्न निस्केको बेला अचानक मोटरसाइकलमा आएका दुई तीन जना अपरिचित व्यक्तिले आँखा मुख छोप्दै जबरजस्ती मोटरसाइकलमा राखेर अज्ञात स्थलतर्फ लगेको बालक यादवलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
    सो अपहरण गर्ने कार्यमा केही नेपाली र केही भारतीय अपराधी प्रयोग भएको प्रहरीको भनाई छ । प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बालक यादवलाई फिरौतीका लागि अपहरण गरिएको अनुसन्धानबाट खुल्न आएको बताउँदै सो कार्यमा संलग्न तीनजना शंकास्पद स्थानिय व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिए । 
    यता अनुसन्धानमा बाधा पुग्ने र संलग्न अन्य अपराधि फरार हुन सक्ने भएकाले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको उनले बताए । 
    अपहरणकारीले बालक यादवलाई नशालु पदार्थ खुवाएर राख्ने गरेको र उद्दारको क्रममा उनी अर्धबेहोस अवस्थामा रहेको प्रहरी उपरिक्षक विष्टले जनाए । अपहरणको भोली पल्ट अपहरणकारीले बालक यादवका काका बिरेन्द्र यादवलाई मोबाइलमा फोन गरि ५० लाख फिरौती रकम माँग गरेका थिए । अपहरण मुक्त भएका बालक लक्ष्मण यादवको बुबा जागेश्वर यादव जागिरको सिलसिलामा भारतको मुम्बईमा छन् । 
    प्रहरीले फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बरको लोकेशन सेवा प्रदायक संस्थासँग लिँदै बालक लुकाई राखेको स्थान नजिक पुग्न सफल भएको जनाएको छ । भारतीय सिआरपी (केन्द्रिय रिजर्भ पुलिस) लाई जानकारी दिँदै उक्त क्षेत्रमा सर्च अपरेशन चलाएपछि आतिएर अपहरणकारीले बालक यादवलाई राजमार्ग नजिकैको एक होटलमा छाडेर भागेको प्रहरी उपरिक्षक विष्टले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
अख्तियार र चिया पसलको गफ
अख्तियार र चिया पसलको गफ
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना