सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
११८ पटक हेरिएको
Shares

सारांश

  •     बुझाइएको पत्रमा तालाबन्दीका कारण सप्तरीका खेलाडीहरु कुनै पनि स्तरका खेलहरुमा सहभागि हुन नसकी बञ्चित भएकोले तालाबन्दी खोलाउनका लागि ध्यानाकर्षण गराइएको जनाइएको छ ।
  •       कराँतेका खेलाडी रंजिव कुमार साह, ओकेश मिश्र, सुदिप कुँवर, हेमनारायण साह, भारोत्तोलनका खेलाडी मनोज यादव, रामकुमार यादव, क्रिकेटका खेलाडी अमर यादवलगायत ३७ जना जिम, फुटवलका खेलाडीहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत बुझाइएको हो ।
  •       गत जेष्ठ ७ गते खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र बर्मासहितका पदाधिकारीहरुले कार्यालय प्रमुख दिनेश भुजलेमाथी विभिन्न आरोप लगाउँदै तालाबन्दी गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ मंसिर । 
    सप्तरीका खेलप्रेमी तथा खेलाडीहरुले जिल्ला खेलकुद विकास समिति सप्तरीमा विगत ७ महिना बढी समयदेखी लागेको तालाबन्दी खोल्ने प्रयास कतैबाट नभएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत राष्ट्रिय खेलकुद परिषद् र क्षेत्रिय खेलकुद परिषद्लाई ध्यानाकर्षण पत्र बुझाएको छ । 
    बुझाइएको पत्रमा तालाबन्दीका कारण सप्तरीका खेलाडीहरु कुनै पनि स्तरका खेलहरुमा सहभागि हुन नसकी बञ्चित भएकोले तालाबन्दी खोलाउनका लागि ध्यानाकर्षण गराइएको जनाइएको छ । 
    कराँतेका खेलाडी रंजिव कुमार साह, ओकेश मिश्र, सुदिप कुँवर, हेमनारायण साह, भारोत्तोलनका खेलाडी मनोज यादव, रामकुमार यादव, क्रिकेटका खेलाडी अमर यादवलगायत ३७ जना जिम, फुटवलका खेलाडीहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत बुझाइएको हो । 
    गत जेष्ठ ७ गते खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र बर्मासहितका पदाधिकारीहरुले कार्यालय प्रमुख दिनेश भुजलेमाथी विभिन्न आरोप लगाउँदै तालाबन्दी गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?