लोकतान्त्रिक प्रक्रियाबाट आएको सरकार  अलोकतान्त्रिक गतिविधिमा ः जोशी

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १, २०७५
|
|
६७ पटक हेरिएको
Shares

सारांश

  •     शुक्रवार नेपाली काँग्रेस सप्तरीको कार्यालयमा आयोजित स्थानीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन ।
  •       सरकारको एकपछि अर्को निर्णय अलोकतान्त्रिक प्रक्रियाबाट आउन थालेको छ उनले भने, “स्वतन्त्र मधेशको नारा दिने डा.
  • सिके राउतसँग सरकारले गरेको सम्झौता, वाइडबडी जहाज खरिद काण्डमा प्रधानमन्त्री ओलीको आएको अभिव्यक्ति, चिकित्सा विधेयक जबरजस्ती पारित, प्रतिनिधि सभामा संसदीय प्रणाली र परम्परा विपरीतको बल प्रयोग, विभिन्न आयोगको गठन लगायतका काममा सरकारले अलोकतान्त्रिक प्रक्रिया र आचरण देखाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ चैत । 
    नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीले लोकतान्त्रिक प्रक्रियाबाट आएको केपी ओली नेतृत्वको सरकार अलोकतान्त्रिक गतिविधिमा लागेको आरोप लगाएका छन् ।
    शुक्रवार नेपाली काँग्रेस सप्तरीको कार्यालयमा आयोजित स्थानीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन । 
    सरकारको एकपछि अर्को निर्णय अलोकतान्त्रिक प्रक्रियाबाट आउन थालेको छ उनले भने, “स्वतन्त्र मधेशको नारा दिने डा. सिके राउतसँग सरकारले गरेको सम्झौता, वाइडबडी जहाज खरिद काण्डमा प्रधानमन्त्री ओलीको आएको अभिव्यक्ति, चिकित्सा विधेयक जबरजस्ती पारित, प्रतिनिधि सभामा संसदीय प्रणाली र परम्परा विपरीतको बल प्रयोग, विभिन्न आयोगको गठन लगायतका काममा सरकारले अलोकतान्त्रिक प्रक्रिया र आचरण देखाएको छ । काँग्रेसले यसको कडा प्रतिवाद गर्छ ।”
    प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद बैठक राखेर विभिन्न आयोगका प्रमुखहरुको नियुक्ति गरिएको छ उनले थपे, “यति मात्र होइन, महँगी र भ्रष्टाचारले चरम सीमा नाघेको छ ।” 
    उनले चुनावमा पार्टी पराजय हुनुको कारण आपसी तिक्तता र गुट उपगुट नै भएको जिकिर गर्दै पार्टी एक जुट हुनुपर्नेमा जोड दिए ।
    जिल्ला सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित भेलामा सहभागि स्थानीय नेता तथा कार्यकर्ताले सरकारको क्रियाकलाप संवैधानिक निकाय, लोकतान्त्रिक व्यवस्था र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने तर्फ अग्रसर रहेको भन्दै पार्टी भित्र बृहत एकता र अनुशासन कायम गरी प्रतिवादमा उत्रिनु पर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
गाजासहित दुई किशोर पक्राउ
गाजासहित दुई किशोर पक्राउ
वैश्य महासंघको मेची–महाकाली अभियान
वैश्य महासंघको मेची–महाकाली अभियान
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
अवैध रुपमा भारततर्फ लादै गरेको पशुचौपया नियन्त्रणमा 
अवैध रुपमा भारततर्फ लादै गरेको पशुचौपया नियन्त्रणमा 
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु