राजविराज÷राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सप्तरीको कञ्चनरूप नगरपालिका ९ स्थित खयरवनमा निर्माण गर्न लागिएको मदन भण्डारी खेलग्रामको शिलान्यास गरेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाले सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ९ र १२ रुपनगरमा मदन भण्डारी मार्गकोे शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा अध्यक्ष तिम्सिनाले खेलाडीको शारीरिक र मानसिक विकास नभएसम्म खेलकूदको विकास नहुने बताए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले नेपाली जनताको सुख, शान्ति, सुशासन भन्ने सपनालाई साकार पार्न समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई अघि सारी सरकारले विकास निर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाइ रहेको बताए । शिलान्यास भएको यो खेलमैदानलाई नेपालकै उत्कृष्ट खेलमैदान बनाउन आफू लागि पर्ने उनले विश्वास दिलाए ।
सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद सरिता गिरीले विकास निर्माणको सवालमा सप्तरी जिल्ला सधैँ अगाडि हुनुपर्छ भन्दै यस खेलमैदानलाई नमूना बनाउनका लागि आफू लागि पर्ने बताइन् ।
शिलान्यास गरिएको सो मदन भण्डारी मार्ग रुपनगर चोकदेखि चर्खिया, बसतीपुर, पौडाहा खोला हँुदै उदयपुर जिल्लाको सिवाइ हुँदै पहाडी मार्गसम्म जोडिने छ । यसका लागि करीब रु एक करोड विनियोजन भई ठेक्का लागि सम्झौता हुने तयारीमा रहेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
एक सय २४ बिघामा खेल ग्राम निर्माणका लागि यस आर्थिक वर्ष रु २५ लाख विनियोजन भई काम शुरु हुन लागेको जिल्ला खेलकूद विकास समितिका प्रमुख दिनेश भुजेलले जानकारी दिए ।
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास
सारांश
- यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले नेपाली जनताको सुख, शान्ति, सुशासन भन्ने सपनालाई साकार पार्न समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई अघि सारी सरकारले विकास निर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाइ रहेको बताए ।
- शिलान्यास भएको यो खेलमैदानलाई नेपालकै उत्कृष्ट खेलमैदान बनाउन आफू लागि पर्ने उनले विश्वास दिलाए ।
- सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद सरिता गिरीले विकास निर्माणको सवालमा सप्तरी जिल्ला सधैँ अगाडि हुनुपर्छ भन्दै यस खेलमैदानलाई नमूना बनाउनका लागि आफू लागि पर्ने बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया